काठमाडाँै, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ ।
मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उहाँले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने धारणा राख्नु भयो ।
उहाँले संविधान अनेकथरिसँग सम्झौता गरेर बनाइएकाले अहिले केहीले देशभित्र र बाहिर संविधान संशोधन र स्वीकार्य भन्ने शब्द चट्की र षड्यन्त्रपूर्वक रुपमा उठाइरहेको बताउनुभयो ।
उहाँ अरुको एजेन्डामा संविधान संशोधन गर्ने प्रयास भइरहेको बताउँदै त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने उल्लेख गर्नुभयो ।
‘‘जहाँसुकै सम्झौता होस् जुनसुकैसँग होस् तर नेपाली जनताले राष्ट्रिय हितका लागि काम गर्छन्’’उहाँले भन्नुभयो–‘‘हामी त्यस्ता जुनसुकै ठाउँमा नेपालको हित विपरीत गरिएको जोसँग सम्झौता गरेपनि कार्यान्वयन हुन दिने छैनौँ ।’’
अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने जिकिर गर्नुभयो ।
उहाँले अहिलेको सरकारले अर्काको एजेन्डाको भारी बोकेको र राजनीतिक रुपमा द्वन्द र भिडन्तमा देशलाई लैजान खोजेको आरोप लगाउनु भयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतिदेवी श्रेष्ठले देखाएको बाटोमा लाग्नुपर्ने धारणा राख्दै सामाजिक र आर्थिक रुपान्तर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका सांसद ध्यानगोविन्द रञ्जित, राप्रपा नेपालका नेता तथा पूर्व सांसद विक्रमबहादुर थापाले मोतिदेवीले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
करिब रु ७० लाखमा निर्माण गरिएको सो आवासगृह राजनीतिमा लागेर विस्थापित हुनपुगेका वृद्धाका लागि बनाइएको केन्द्रकी सचिव धनकुमारी सुनारले बताउनु भयो ।
६ कोठा रहेको आवासगृहमा करिब ४० जना वृद्धवृद्धा राख्न सकिने व्यवस्था रहेको छ । ललितपुरमा जन्मिनु भएका मोतीदेवी नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य हुनु हुन्थ्यो । मोतीदेवीको २०५४ सालमा निधन भएको थियो ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम