लन्डन । मोबाइलप्रेमी चालकहरुलाई एउटा अप्रिय खबर छ । बेलायत सरकारले मोबाइल चलाएर गाडी हांकेको भेटिए चालकलाई दोब्बर जरिवाना र लाइसेन्समा ६ पोइन्ट दिने तयारी गरेको छ । दि डिपार्टमेन्ट फर ट्रान्सपोर्टले आउंदो वर्ष ल्याउने अपेक्षा गरिएको उक्त कडा नियमले २०० पाउण्डसम्म जरिवाना लगाउने बीबीसीले शुक्रबार जनाएको छ । नयां चालकले मोबाइल चलाएको भेटिए पुनः परीक्षा दिनुपर्ने नियम बनाइंदैछ ।
मोबाइलकै कारण दुर्घटनामा वृद्धि भएपछि यस्तो नियम ल्याउन लागिएको हो ।
यसै साताको शुरुतिर गरिएको एउटा सर्वेक्षणमा एकतिहाइ यूके मोटरिष्टहरुले सवारी साधन हांकेका बेला फोनमा कुरा गर्ने, टेक्स्ट गर्ने वा एप चलाउने गरेको देखाएको थियो । प्रश्न सोधिएका १७ सय जनामध्ये आधा जसोले त सवारी साधन चलाउंदा फिल्म र फोटो खिच्ने गरेको बताएका थिए ।
डिपार्टमेन्ट फर ट्रान्सपोर्टको तथ्यांकमा सन् २०१४ मा बेलायतमा मोबाइल चलाएर ध्यान अन्यत्र मोडिंदा ४९२ दुर्घटना भए जसमा २१ मृत्यु र ८४ गम्भीर प्रकृतिका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न