भारतद्वारा अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहयोग

1350px-Flag_of_India.svg

नयाँदिल्ली (भारत), २९ भदौ । भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ ।

यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो ।

पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्तानले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अफगान राष्ट्रपति असरफ घानीबीच भएको भेटपछि भारतले उक्त सहयोगको घोषणा गरेको हो ।

सहयोगको घोषणा दुवै नेताद्वारा हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमार्फत भएको हो । वक्तव्यमा दुई नेताले कसैलाई नतोकिकन तर पाकिस्तानलाई सङ्केत गर्दै इस्लामिक स्टेट पक्षधर समुदायमा आर्थिक लगानी तथा अन्य सहायता पुरयाएको बताएका छन् । तर उक्त सहयोग सही उद्देश्यका लागि प्रयोग नहुने गरेको दुवै देशको दावी छ ।

भेटका क्रममा दुई देशका उच्च नेताले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री