
नयाँदिल्ली (भारत), २९ भदौ । भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ ।
यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो ।
पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्तानले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अफगान राष्ट्रपति असरफ घानीबीच भएको भेटपछि भारतले उक्त सहयोगको घोषणा गरेको हो ।
सहयोगको घोषणा दुवै नेताद्वारा हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमार्फत भएको हो । वक्तव्यमा दुई नेताले कसैलाई नतोकिकन तर पाकिस्तानलाई सङ्केत गर्दै इस्लामिक स्टेट पक्षधर समुदायमा आर्थिक लगानी तथा अन्य सहायता पुरयाएको बताएका छन् । तर उक्त सहयोग सही उद्देश्यका लागि प्रयोग नहुने गरेको दुवै देशको दावी छ ।
भेटका क्रममा दुई देशका उच्च नेताले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?