हेटौँडा, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
थाहा महोत्सवको आज पालुङमा उद्घाटन गर्दै उहाँले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु गरिएको हो भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले अहिले धर्मनिरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको अवस्थामा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गर्न नहुने बताउनुभयो । बेरोजगार युवालाई भाषण र प्रलोभनले होइन, आर्थिक समृद्धिको योजनामा संलग्न गराउन सकेमात्र ती युवाहरु आर्थिक आत्मनिर्भरतर्फ उन्मुख हुने बताउनुभयो ।
आगामी असोज ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा कृषि उत्पादन, घरेलु तथा होजियारी, पशुपालन, प्रविधिलगायत करिब २०८ स्टल प्रदर्शनीमा राखिएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?