
संविधान संशोधनको प्रस्ताव स्वीकार्य छैनः ओली
हेटौँडा, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली–नेपालीबीच फुट पैदा गर्ने एवम् राष्ट्रिय अखण्डतालाई विखण्डन गर्न ल्याउन लागिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
थाहा महोत्सवको आज पालुङमा उद्घाटन गर्दै उहाँले केही दलले दलीय स्वार्थका लागि बाह्य शक्तिसँग परामर्श लिने गरेकाले तिनै शक्तिलाई चित्त बुझाउन संविधान संशोधनको प्रक्रिया सुरु गरिएको हो भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले अहिले धर्मनिरपक्षेताको विकल्पमा हिन्दू सनातन धर्मको माग पनि उठिरहेको अवस्थामा केही समूहको माग मात्रै संशोधन गर्ने प्रक्रियाले अरु दलको मागलाई पनि उपेक्षा गर्न नहुने बताउनुभयो । बेरोजगार युवालाई भाषण र प्रलोभनले होइन, आर्थिक समृद्धिको योजनामा संलग्न गराउन सकेमात्र ती युवाहरु आर्थिक आत्मनिर्भरतर्फ उन्मुख हुने बताउनुभयो ।
आगामी असोज ८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा कृषि उत्पादन, घरेलु तथा होजियारी, पशुपालन, प्रविधिलगायत करिब २०८ स्टल प्रदर्शनीमा राखिएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति