बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: ०४:३७ | UK Time: 22:52

नुवाकोट तरुण दल अध्यक्षमा अधिकारी आकांक्षी

वीनेपाली
२०७३ भदौ २९ गते ९:३३

11119970_1489093351405840_5390604441959463352_o
काठमाण्डौं । नुवाकोट तरुण दल अध्यक्षमा माधवराज अधिकारीले उम्मेदवारी दिने अन्तिम तयारी गरेका छन् । नेपाली कांग्रेसको जिल्ला देखि केन्द्रसम्म राम्रो पकड भएका अधिकारीका लागि नुवाकोटमा राम्रो माहोल बन्दै गएको स्थानीयहरुको दावी छ ।

२०५२ साल देखि ६४ सम्म अधिकारी नेपाल विधार्थी संघमा सक्रिय भूमिकामा थिए । त्यस्तै ६२, ६३ को आन्दोलनमा अधिकारीले सक्रिय नेतृत्व सम्हाले । अधिकारीले हालसम्म पार्टीले दिएको जिम्मेवारी विभिन्न पदमा बसेर निर्विवादित रुपमा सम्पन्न गरिसकेका छन् ।

गत वर्षको विनाशकारी महाभूकम्पमा अधिकारीले जिल्ला राहत उद्दार समिति लगायत विभिन्न विदेशी संस्थाहरुसंग समन्वयन गरि राहत वितरण र उद्दारमा धेरै ठूलो भूमिका निभाएका थिए ।

नजिकबाट चिन्नेहरु अधिकारीलाई एक शिक्षित र सफल युवा व्यवसायीका रुपमा पनि लिन्छन् । अबको राजनीति युवाले नै नेतृत्व गर्नुपर्ने मान्यता छ अधिकारीको । राजनीतिमा शिक्षित युवाहरुको खाँचो रहेको अधिकारीको बुझाई छ । अधिकारीले २०४८ सालमा नै नेविसंघको सदस्यता लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक