क्वालालम्पुर, १ भदौ । भारी मात्रामा तेल भएको ट्याङ्कर बोकेको एक मलेसियाली पानीजहाज मङ्गलबार अपहरणमा परेको छ ।
करिब नौ लाख लिटर डिजेल भएको ट्याङ्कर बोकेको मलेसियाली सो पानीजहाज इन्डोनेसियाली जलक्षेत्रतर्फ लगिएको मलेसियाली सामुद्रिक अधिकारीहरुले जानकारी दिएका छन् ।
दक्षिणी मलेसियाको तान्जुङ पल्पास बन्दरगाहबाट मङ्गलबार नौ लाख लिटर डिजेल भरेको तेल ट्याङ्कर लिएर आएको उक्त पानीजहाज बेपत्ता भएको सामुद्रिक निकायले जानकारी दिएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट सो पानीजहाज अपहरण भएको हुनुपर्ने मलेसियाली सामुद्रिक निकायका प्रमुख अहमतपुजी कहारले बुधबार बताएका छन् । कहारका अनुसार सो विमान इन्डोनेसियाको बटम द्वीपतर्फ लगेको हुनुपर्छ ।
अन्तर्राष्ट्रिय सामुद्रिक निकायको क्वालालम्पुरका प्रमुख नोएल चोओगले सो तेल ट्याङ्कर बेपत्ता भएको पुष्टि गरेका छन् ।
हाल सो ट्याङ्कर कहाँ छ भन्ने विषयमा सूचना प्राप्त भइनसकेको चोओगले एएफपी समाचार समितिलाई बताएका छन् ।