लन्डन । साउथ इष्ट लन्डनमा क्रियाशिल नेपालीहरुको स्थानीय सामुदायिक संस्था चाल्टर्न नेपाली समाज नयाँ नेतृत्व चयन गर्ने तयारीमा जुटेको छ । समाजको वार्षिक साधारण सभा आगामी अगष्ट २१ तारिख आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजना हुने भएको छ ।
समाजको नयाँ नेतृत्व लिन वर्तमान उपाध्यक्ष टंक कंडेल आकांक्षी देखिएको बताइएको छ तथापि अहिले सम्म कुनै पदमा उम्मेद्वारी परिनसकेको जानकारी निर्वाचन समितिले दिएको छ ।
उक्त दिन हुने नयाँ कार्य समिति चयन प्रक्रियाका लागि समाजले यस अघिनै होम शर्माको अध्यक्षतामा एल एन पाण्डे, डासु पाण्डे, रेशम अर्याल, नरेन्द्र कंडेल सहितको पांच सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।
निर्वाचन समितिको निर्णय अनुसार कार्यसमितिमा आफ्नो उम्मेद्वारी दर्ता गर्न इच्छुक समाजको सदस्यले २० अगष्ट साँझ ५ बजे सम्म उम्मेद्वारी फाराम दर्ता गरिसक्नु पर्नेछ । समाजको साधारण सदस्य बन्ने समयसीमा पनि उम्मेद्वारी दर्ताकै समय सिमा भित्रै हुनुपर्ने जनाइएको छ । उम्मेद्वारी र सदस्यता सम्बन्धि थप जानकारी समाजको फेसबुक पेज तथा भाइबर ग्रुप मार्फत सर्कुलर गर्दै आएको बताइएको छ । यस सम्बन्धि थप जानकारी निर्वाचन समितिको कुनै सदस्य मार्फत लिन सकिने जानकारी समाजका सचिव टिएन रिजालले दिएका छन् ।
चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेले समाजको साधारण सभामा उपस्थित भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् । साधारण सभाको कार्यक्रम बिहान ११ देखि साँझ ५ बजेसम्म चल्ने छ ।
२३ तारिख मंगलवार तीज कार्यक्रम
यसैबीच समाजले यस बर्षको तीज कार्यक्रम आगामी अगस्ट २३ तारिख मंगलवार आयोजना गर्ने भएको छ । समाजसंग आवद्ध महिलाहरुको सक्रियतामा हरेक वर्ष आयोजना हुने विशेष तीज कार्यक्रम यसपाली स्थानीय लेडी अफ ग्रेस चाल्टर्न सभाहलमा आयोजना गर्न लागिएको जानकारी समाजका उपाध्यक्ष टंक कंडेलले दिएका छन् ।
दिनको १ देखि साँझ १० बजेसम्म चल्ने उक्त तीज कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति सहित परम्परागत रुपमा तीज गीत तथा नाचको आकर्षण रहने अपेक्षा स्थानीय महिला समूहको छ ।
समाजले सदाझैँ कार्यक्रममा उपस्थिति जनाएर मनोरन्जन लिन विशेष गरेर स्थानीय महिलामा आवहान गरेको छ । कार्यक्रममा प्रवेश शुल्क दश पाउण्ड तय गरिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा