लन्डन । साउथ इष्ट लन्डनमा क्रियाशिल नेपालीहरुको स्थानीय सामुदायिक संस्था चाल्टर्न नेपाली समाज नयाँ नेतृत्व चयन गर्ने तयारीमा जुटेको छ । समाजको वार्षिक साधारण सभा आगामी अगष्ट २१ तारिख आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजना हुने भएको छ ।
समाजको नयाँ नेतृत्व लिन वर्तमान उपाध्यक्ष टंक कंडेल आकांक्षी देखिएको बताइएको छ तथापि अहिले सम्म कुनै पदमा उम्मेद्वारी परिनसकेको जानकारी निर्वाचन समितिले दिएको छ ।
उक्त दिन हुने नयाँ कार्य समिति चयन प्रक्रियाका लागि समाजले यस अघिनै होम शर्माको अध्यक्षतामा एल एन पाण्डे, डासु पाण्डे, रेशम अर्याल, नरेन्द्र कंडेल सहितको पांच सदस्यीय निर्वाचन समिति गठन गरिसकेको छ ।
निर्वाचन समितिको निर्णय अनुसार कार्यसमितिमा आफ्नो उम्मेद्वारी दर्ता गर्न इच्छुक समाजको सदस्यले २० अगष्ट साँझ ५ बजे सम्म उम्मेद्वारी फाराम दर्ता गरिसक्नु पर्नेछ । समाजको साधारण सदस्य बन्ने समयसीमा पनि उम्मेद्वारी दर्ताकै समय सिमा भित्रै हुनुपर्ने जनाइएको छ । उम्मेद्वारी र सदस्यता सम्बन्धि थप जानकारी समाजको फेसबुक पेज तथा भाइबर ग्रुप मार्फत सर्कुलर गर्दै आएको बताइएको छ । यस सम्बन्धि थप जानकारी निर्वाचन समितिको कुनै सदस्य मार्फत लिन सकिने जानकारी समाजका सचिव टिएन रिजालले दिएका छन् ।
चाल्टर्न नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेले समाजको साधारण सभामा उपस्थित भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् । साधारण सभाको कार्यक्रम बिहान ११ देखि साँझ ५ बजेसम्म चल्ने छ ।
२३ तारिख मंगलवार तीज कार्यक्रम
यसैबीच समाजले यस बर्षको तीज कार्यक्रम आगामी अगस्ट २३ तारिख मंगलवार आयोजना गर्ने भएको छ । समाजसंग आवद्ध महिलाहरुको सक्रियतामा हरेक वर्ष आयोजना हुने विशेष तीज कार्यक्रम यसपाली स्थानीय लेडी अफ ग्रेस चाल्टर्न सभाहलमा आयोजना गर्न लागिएको जानकारी समाजका उपाध्यक्ष टंक कंडेलले दिएका छन् ।
दिनको १ देखि साँझ १० बजेसम्म चल्ने उक्त तीज कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति सहित परम्परागत रुपमा तीज गीत तथा नाचको आकर्षण रहने अपेक्षा स्थानीय महिला समूहको छ ।
समाजले सदाझैँ कार्यक्रममा उपस्थिति जनाएर मनोरन्जन लिन विशेष गरेर स्थानीय महिलामा आवहान गरेको छ । कार्यक्रममा प्रवेश शुल्क दश पाउण्ड तय गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने