लण्डन । युकेमा बसोबासरत पाल्पालीहरुको समर भेला शनिबार अल्डरसटमा सम्पन्न भएको छ ।
पाल्पाली भन्ज्याङ युकेको आयोजनामा भएको सो भेलाको प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत शरदराज आरन थिए । आयोजक संस्थाका अध्यक्ष बम थापा सूर्यवंशी मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आरनले बेलायतमा बस्ने पाल्पालीहरुलाई यहाँ सिकेको सीप पाल्पामा लैजान आग्रह गरे ।
कार्यक्रममा लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, गोरखाली समाजका उपाध्यक्ष कर्ण दर्लामीमगर, तनहुँ समाजका अध्यक्ष लेख गुरुङले सम्बोधन गरेका थिए । सचिव गोविन्द कन्वारले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वाचस्पति रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो कार्यक्रममा विभिन्न परीक्षाहरुमा सफलता प्राप्त गर्ने सुनिल खाम्चा, सुशील थापा, युमना थापा, नसिव श्रेष्ठ, सपना श्रेष्ठ, कोमल राना र लीना थापालाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्षहरु श्यामसिंह राना, उदय कुँवर र ऋखिराम रानालाई संरक्षक घोषणा गरिएको थियो । यस्तै सल्लाहकार र ट्रष्टिजहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा युकेमा रहेका पाल्पाका स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेपछि कलाकारहरु बिरु लामा, जुना श्रीश, सबु थापाले मनोरञ्जन गराएका थिए ।
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने