
काठमाडाँै, १३ साउन । सङ्घीय गठबन्धनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको छलफलपछि मात्र सरकारमा जाने नजाने विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ ।
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा अहिले नै सरकारमा जाने निर्णय गर्ने बेला नभइसकेको हुनाले काँग्रेस र माओवादीसँग छलफल गरेर मात्र सरकारको विषयमा टुङ्गो लगाउने निर्णय भएको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिनुभयो ।
बैठकले गठबन्धनको माग र मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनलाई सशक्त बनाउनका लागि मुलुकको १० स्थानमा बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले गाउँपालिका, नगरपालिकाको सिमाना निर्धारण सम्बन्धमा सम्बन्धित आयोगले गरेको गतिविधि सङ्घीयतालाई संस्थागत हुन नदिने निर्णय गरेको प्रवक्ता गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले संविधानसँग जोडिएका असहमतिका विषयको सम्बोधन नहुन्जेलसम्म सिमाना आयोगको काम कारबाही नगर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल युद्धस्तरमा उद्धार तथा राहत वितरण, औषधोउपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्नका निम्ति गठबन्धन सरकारसँग माग गरेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा