बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: १९:४८ | UK Time: 14:03

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजिनामा

वीनेपाली
२०७३ साउन ९ गते १५:२३
प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ ।

आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजिनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका निम्ति मन्त्रिपरिषद्को आजैको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी पनि सदनलाई दिनुभयो । आज जारी व्यवस्थापिका–संसद्को बैठक अहिले १५ मिनेटका लागि स्थगन भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक