
तीन घुम्तीका नायकबाट विद्यालय भवन बनाउन सहयाेग
लण्डन । नेपाली फिल्म `तीन घुम्ती´ का नायक ध्रुब दत्तले भुकम्पले क्षतिग्रस्त नुवाकाेटकाे विद्यालय भवनमा निर्माणको लागि १ लाख सहयोग गरेका छन ।
हाल युकेमा बसाेबासरत दत्तका तर्फबाट गरिएकाे सहयाेग साे चलचित्रका निर्देशक बाबुराम ढकालले हालै काठमाडाैँमा भुकम्प पीडित सहयाेग अभियानका संयाेजक सुश्री सरू सुनारलाइ हस्तान्तरण गरे ।
नुवाकाेट जिल्लाकाे बुधसिङ गाविस वडानम्बर ३ मा रहेकाे अन्रपूर्ण प्राविकाे निर्माणमा साे रकम खर्च गरिने बताइएकाे छ ।
दलित र जनजातिको बाक्लो बसोबास रहेकाे साे भेगमा स्कुल निर्माणका लागि अभियान गरिरहेका चन्द्र सुनारको पहलमा नायक दत्तले साे सहयाेग गरेका हुन् ।
चलचित्र तीन–घुम्तीमा ध्रुव दत्त, गरिमा पन्तकाे विशेष भूमिका रहेको छ। तीन घुम्ती चलचित्र युकेमा प्रदर्शन गर्न सहयोग पुराउने युकेबासी नेपालीहरूलाइ नायक दत्तले धन्यवाद दिएका छन।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक