विकसित देशहरुमा क्रेडिट स्कोर प्रणालीको शुरुवात भएपछि बैक, वित्तीय क्षेत्र तथा अरु साधारण व्यवसायीमा ठूलो क्रान्ति नै ल्यायो । यसको सहयोगले घर किन्ने देखि ऋण दिंदा, किस्ताबन्दीमा सामान बेच्दा तथा सामान्य कार्य जस्तै टेलिफोनको लाइन दिंदा आदिमा व्यक्तिको क्रेडिट स्कोरको आधारमा दिने नदिने तय गरिन्छ ।
बेलायतमा वर्तमान सम्म आइपुग्दा प्रत्येक व्यक्तिको क्रेडिट स्कोरमा उसले लिएको ऋणको जानकारी र अरु आर्थिक पक्षलाई समेटिएको हुन्छ । क्रेडिट स्कोर प्राय यति सम्म सहि हुन्छ कि उसले सामान्य घरको बिलहरु समयमा नतिरेको, कुनै सानो किस्ताबन्दी भएपनि ढिलो तिरेको आदि सबै बिबरण क्रेडिट स्कोरमा आउछ । त्यसैले सबैलाई आफ्नू क्रेडिट स्कोर ठिक राख्न सबै तिर्नुपर्ने कुराहरु समयमा गर्न जागरूप बनाउंछ । बैक देखि दुकान सम्मको हर चिजमा उपयोगी हुने आफ्नो क्रेडिट स्कोर राम्रो बनाउन धेरै मानिसहरु क्रियाशील हुन्छन । क्रेडिट स्कोरले ग्राहकहरुलाई आर्थिक अनुसासन राख्न जागरूप पनि बनाउंछ ।
ऋण दिदा या सामान किस्ताबन्दीमा बेच्दा यी कम्पनीहरुले ग्राहकको अरु जोखिमलाई घ्यान दिनु नै नपर्ने गरि क्रेडिट स्कोरलाई बिकशित गरिएको हो । ग्राहकहरुको क्रेडिट स्कोर राख्ने मुख्य कम्पनीहरुलाई सानो शुल्क तिरेपछि ग्राहको नाम, ठेगाना अनि जन्ममितिको बिबरण कम्प्युटरमा हालेपछि केहि मिनेटमा नै उक्त ग्राहकको क्रेडिट स्कोर आइहाल्छ । अनि कम्पनीहरुले उक्त ग्राहकलाई ऋण दिदा या सामान किस्ताबन्दीमा बेच्दा, बिजुली, पानी, ग्यासको लाइन दिदामा कतिको जोखिम हुन्छ भनि हेर्दछन र आफ्नो सेवाहरु बेच्ने कि नबेच्ने भन्नेको निर्धारण गर्दछन । जति धेरै क्रेडिट स्कोर भयो उति जोखिम कम हुने र कम स्कोर भए जोखिम बढी हुने हुन्छ ।
क्रेडिट स्कोरको इतिहास
क्रेडिट स्कोर पश्चिमी देशहरुमा सन् १९८०को दसकबाट धेरै प्रयोग हुन थालेको हो । यो भन्दा अगाडी मान्छेको आफ्नो स्वयम बिबेकले क्रेडिट पाउने नपाउने तय हुन्थो । बैक तथा अरु वित्तीय संस्थाहरुले ऋण दिदा ऋणीको बिगतको इतिहास हेरेर निधो गर्ने गर्थे । यो ढिलो मात्र नभईकन मानबिय गल्तिको कारणले उति विश्वनीय पनि हुदैन थियो ।
ऋण दाताहरुले ऋणीको क्रेडिट आधारको निर्णय गर्नको लागि अंक प्रणालीलाई अबलम्बन गरी बिभिन्न आधारहरु समाबेस गरि क्रेडिट रिपोर्ट तयार पारि यसलाई सबैले उपयोग गर्न पाउने गरि शुरु गरियो । यस्तो क्रेडिट अंक पद्दतिले पहिला हुने धेरै झमेलालाई कम गरे पनि क्रेडिट पाउने व्यक्तिको सिधा नाप हुने तर व्यक्तिको खास ब्यबहारको उति नभएको थियो ।
क्रेडिट पाउने कुरामा धेरै कुरा अघि बढ्यो जब धेरै तथ्यांकहरुको विभिन्न दृष्टिबाट ऋणीको ब्यबहार थाह पाउने प्रणालीको बिकास गरियो ।
यो प्रक्रियामा हजारौ खास ग्राहकहरुको भुक्तानीको जानकारी राख्ने गरेर बनाइयो । जसले गर्दा ग्राहकहरुको क्रेडिट बानीको भविष्यबाणी गर्न निकै प्रभावकारी भयो । जब कम्प्युटरका अरु प्रोग्रामहरु संग आबद्ध भएर क्रेडिट दिने बारे कार्य गर्नलाई धेरै चाडै , निपूर्ण र उधेश्य अनुरुप ग्राहकहरुलाई उनीहरुले चाहेको बेलामा ऋण दिन सजिलो बनायो ।
क्रेडिट स्कोर बनाउने तरिका र जोखिमको श्रेणीहरु
क्रेडिट स्कोर बनाउदा करिब दस लाख ग्राहकहरुलाइ लिइन्छ जसले एकै बेलामा ऋण लिएका हुन्छन र यिनमा कसले ऋण तिर्यो या तिरेन भन्ने रेकर्ड राखिन्छ । जसले समयमा ऋण नतिरेको या तिर्न ढिलो गरेको ग्राहकहरुको पहिचान गरि यिनीहरुमा ऋण माग गर्दामा के कस्तो मिल्दो जुल्दो आधार छ भनेर पत्ता लगाउने काम गरिन्छ । क्रेडिट स्कोर बनाउनेले यसपछि यी तथ्यांकहरुको आधारमा प्रत्येक फरकहरुको आधारलाइ मिलाएर हर ग्राहकको क्रेडिट स्कोर बनाउछन ।
खास खास किसिमको ऋणहरु जस्तै गाडी या घरकोलागि ग्राहकको ऋण तिरेको तथ्यांकहरु लाइ नजिकबाट हेरेर यस्तो ऋणको निर्क्योल गरिन्छ । राम्रो बिगतमा क्रेडिट इतिहास भएको व्यक्तिले भविष्यमा पनि उही तबरले क्रेडिटको बानि गर्छ भन्ने भविष्यबाणी गरि क्रेडिटका मोडेल बनाउनेले गर्दछन ।
क्रेडिट स्कोरको निर्णय गर्दामा ऋण दिनेले प्रत्येक ग्राहकको जोखिमको तहहरुलाई अरु धेरै ग्राहकहरुको उस्तै क्रेडिट इतिहासहरुसंग दाज्छन् । यस्तो प्रक्रियाले दाज्दा ऋणदिने लाइ ग्राहकको क्रेडिट बानि जुन ठिक र उचित हुन्छ न्याय गर्न सजिलो बनाउछ ।
उदाहरणको थोरै क्रेडिट इतिहास भएको ग्राहकहरुको लेखा धेरै लामो समयसम्म भएको ग्राहकहरु संग दांजिदैन । यस्ता ग्राहकहरुको तुलना अरु कम क्रेडिट इतिहास भएको संग नै दाजिन्छ । अरु जोखिमको श्रेणीका विशेषताहरु जस्तै खाताको संख्या, जम्मा ऋण आदि भएको एउटा ग्राहकको क्रेडिट स्कोर अरु जोखिमको श्रेणीको ग्राहकको जस्तो हुन्छ नै भन्ने छैन ।
क्रेडिट स्कोरलाई ग्राहकको केहि मुख्य कुराहरु जस्तै जम्मा ऋण, खाताको किसिमहरु, ढिलो तिरिएको विवरणहरु,खाताको उमेर, चल्तीका बानीहरु आदिले प्रभाव पार्छ । अनि यिनैको आधारमा प्रत्येकको क्रेडिट स्कोर के कस्तो छ भन्ने निर्धारण गरिन्छ । स्कोरका तत्वहरुले सकारात्मक या नकारात्मक प्रभाव पार्न सक्छ । प्रत्येक ग्राहकले क्रेडिट स्कोर गर्ने कम्पनीलाई सानो शुल्क तिरेर आफ्नो क्रेडिट बारे जानाकरी लिन सकिन्छ । कसले कम स्कोर या नकारात्मक पारेको देख्न सकिन्छ ।
भारतमा चार वटा क्रेडिट स्कोर गर्ने कम्पनीलाइ लाइसेन्स दिइएको छ । यसमा सबैभन्दा लोकप्रिय सिभिल ( CIBIL) भन्ने कम्पनी हो जसले ३०० देखि ९०० सम्मको व्यक्तिको क्रेडिट स्कोर राख्छ । बेलायतमा इक्कोफ्याक्स , एक्स्पेरिया जस्ता क्रेडिट स्कोर गर्ने कम्पनीहरु छन् । अरु देशहरुमा पनि आफनो सुहाउदो क्रेडिट स्कोर बनाउने कम्पनीहरु छन् ।
बिकशित देशमा वित्तीय क्षेत्रको ब्यबसाय फस्टाएर यहाँ सम्म आइपुग्न क्रेडिट स्कोरको भूमिका सह्रानीय छ । नेपाल तथा अरु विकासशील देशहरुले आ-आफ्नो सुहाउदो क्रेडिट स्कोरको बिकास गर्न सके बैक, बित्तिय तथा अरु क्षेत्रको समयको बचत तथा जोखिम कम गर्न महत्वपूर्ण कार्य गर्ने छ । त्यस्तै ग्राहकलाइ पनि आफ्नो आर्थिक क्रियाकलाप सहि तबरले गर्न प्रोत्साहित गर्नुको साथै चाहेको बेलामा ऋण लगायत अरु वित्तीय कार्य गर्न सजिलो हुनेछ । यसबाट अरु व्यवसायको अवसर पनि बढ्ने नै छ ।
नेपालमा क्रेडिट स्कोरको चलन निकै नै बिकशित गर्न सके बैक तथा वित्तीय सँस्थाहरु र सामान्य कम्पनिको समय बचत हुनुको साथै जोखिम पनि कम गर्न मद्दत गर्ने कुरा पश्चिमी देशहरुको उदारणबाट सिक्न सकिन्छ । आ-आफ्नो देश अनुकुल आर्थिक प्रणालीको बिकास भएजस्तै नेपालको आवश्यकता अनुरुप ग्राहकको क्रेडिट स्कोर गर्ने पद्दतिको शुरुवातले आधुनिक अर्थ ब्यापारको क्षेत्रमा कोशेढुंगा साबित हुन सक्छ । क्रेडिट स्कोरले व्यक्तिको आर्थिक हैसियतको रेकर्ड राख्छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित