लन्डन । आइतबार एल्थाम प्यालेसमा आयोजित ग्रीनवीच वर्ल्ड कल्चरल फेस्टिभलमा नेपाली कला संस्कृतिले प्राथमिकता पाएको छ । स्किल्स् एण्ड केयर परफर्मिङ आर्टस् सेन्टरबाट नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला संस्कृति झल्कने चारवटा नृत्य प्रस्तुत गरिएको हो ।
उक्त अवसरमा १२ जना बालबालिकाले तीनवटा सामूहिक नृत्य देखाए । नृत्य प्रशिक्षक एवं कोरियोग्राफर सिम्मी पुनका अनुसार, बालबालिकाले समूहगत रुपमा डांफे झैं नाच्ने हिमाल झैं हास्ने, कम्मर माथि पटुकी र हिमालले ढाक्यो कान्छा…गीतमा नाच देखाएका थिए ।
कोरियोग्राफर सिम्मी आफूले पनि मै राम्री हुन के गरुं मैले…बोलको गीतमा नाचेकी थिइन् । विभिन्न समुदाय सहभागी उक्त महोत्सवमा नेपाली कला संस्कृति देखाउन पाएकामा सिम्मी दंग छिन् ।
स्किल्स् एण्ड केयर परफर्मिङ आर्टस् को ग्रीनवीच फेस्टिबलमा तेश्रो सहभागिता हो । यसअघि उक्त संस्थाले प्लमस्टिड मेक मेरी र मुभिङ उलवीच महोत्सवमा समेत सहभागिता जनाएको थियो ।
महोत्सवमा नेपाल पर्यटन बोर्ड यूकेले पनि नेपालको पर्यटनबारे प्रचार प्रसार गरेको थियो । उक्त अवसरमा पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, व्यवसायी यादव भण्डारी लगायतले पर्यटन प्रवर्धन र जुलाई १९ मा लर्डसमा हुन गइरहेको एमसीसी भर्सेज नेपाल क्रिकेट खेलबारे प्रचार प्रसार गरेका थिए । बोर्डका यूके प्रतिनिधि भण्डारीले नेपालको पर्यटनबारे आगन्तुकहरुलाई अवगत गराएका थिए । स्किल्स एण्ड केयरका फत्त थापा र सोनिया थापाले पनि कार्यक्रममा योगदान गरेका थिए ।
उक्त अवसरमा भूपू गोर्खाहरुले पनि आफ्नो प्रस्तुति दिए ।
ग्रीनवीच बरो काउन्सिलमा नेपालीको उल्लेख्य बसोवास छ । एक तथ्यांक अनुसार, ग्रीनवीचमा अंग्रेजी पछि बढि बोलिने भाषा नेपाली हो ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]