लण्डन । आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीलाई हाइली स्किल्ड नेपाली सोसाइटीले बिदाई गरेको छ ।
सोसाइटी अफ नेप्लिज हाइली स्किल्ड प्रोफेसनल यूकेले हिजो लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको विदाई कार्यक्रममा क्षेत्रीलाई संस्थाका अध्यक्ष डा. तेजेन्द्र फेरालीले आफ्नो संस्थाले गत भूकम्पमा सकृय भूमिका खेलेको संस्मरण गर्दैैआगामी दिनमा पुनर्निर्माणका लागि यूकेमा मात्र होइन संसारभरी छरिएर रहेका व्यवसायिका दक्ष जनशक्तिहरुलाई समेटेर कार्यक्रम ल्याउने बताए ।
उनले भूकम्पपछिको निर्माणका लागि चार क्षेत्रहरु, भूकम्पले भत्किएका संरचनाको पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थालाई पुनर्निर्माणमा सघाउन बाधा अवरोधहरु, महाप्रलयपछिको स्वास्थ्यवस्थामा भएका प्रयास र वर्तमान अवस्था तथा भूकम्पले शिक्षामा पारेको प्रभाव लगायतमा पैरवी गर्ने कार्यक्रम ल्याउने तयारी भएको उनले बताए ।
हाइली स्किल्ड प्रोफेसनल नेपालीहरुले सहयोगको निम्ती ठाउँ खोजेको र सहयोग गर्न तत्पर रहेको सन्देश परराष्ट्र मन्त्रालय तथा सम्वद्ध अधिकारीहरु माझ पुर्याइदिन समेत आग्रह गर्दै डा. फेरालीले राजदूत क्षेत्रीको कार्यकालमा थुप्रै सकारात्मक कामहरु भएको र त्यसमा राजदूत क्षेत्री स्वयंले गर्व गर्ने ठाउँ रहेको वताए ।
त्यसैगरी संस्थाका पूर्व सचिव चन्द्रबहादर कार्की र सल्लाहकार समिर प्याकुरेलले क्षेत्रीको सफल कार्यकालको प्रशंसा गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गरे । राजदूत क्षेत्रीलाई संस्थाका कोषाध्यक्ष रामकृष्ण अधिकारीले पुष्पगुच्छा तथा अध्यक्ष डा. फेरालीले मायाको चिनोस्वरुप उपहार प्रदान गरेका थिए । संस्थाका सचिव लेखनाथ खरेलले संचालन गरेको उक्त समारोहमा संस्थाका उपाध्यक्ष दीप गिरी, पूर्व सल्लाहकार लेखनाथ घिमिरे लगायत अन्य सदस्यहरु तथा दूतावासका कर्मचारीहरु बावुकाजी डंगोल, तेजेन्द्र रेग्मी लगायतको उपस्थिति थियो । कार्यक्रममा उपस्थित सवैले विदा हुन लागेका क्षेत्रीसंग हात मिलाउदै भावुक हुँदै उनको सुस्वास्थ्य, समृद्धि र सफलता एवं शुभयात्राको कामना गरेका थिए ।
प्रत्यूत्तरमा क्षेत्रीले आफ्नो पालमा काम केही भएपनि साधन श्रोत तथा जनशक्तिको अभावमा चाहे जति काम गर्न सकिएन भन्दै सोसाइटीको सन्देश सम्वन्धित निकायमा पुरयाउने वचन दिए । साथै यूकेवासी नेपालीहरुको उन्नतिको खबर सुन्न पाउँ भन्दै सोसाइटीले विदाईको आयोजना गरी शुभकामना तथा उपहार प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरे ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’