
काठमाडौँ, ३२ जेठ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि महानगरका अधिकांश सम्पदाको पुनःनिर्माण सुरु हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाका अनुसार पुरातात्विक सम्पदाको पुनःनिर्माणको काम गर्दा पुरातत्व विभागसँगको अनुमतिबिना काम सुरु गर्न नसक्ने भएकाले कामले गति लिन नसकेको हो ।
“सरकारले सम्पदाको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेपनि पुरातत्व विभागले एक वर्ष बितिसक्दा समेत अनुमति नदिएकाले काम हुन नसकेको हो ।” कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो ।
आगामी आवका लागि जारी गरिएको बजेटमा पनि पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ, तर पनि काम हुन नसक्नु दुःखको कुरो हो प्रमुख कार्कीले भन्नुभयो ।
महानगरले सम्पदा निर्माणका लागि पुरातत्वलाई घच्घचाइरहेको भए पनि विभागबाट प्रतिक्रिया आएको छैन । विभागले पुनःनिर्माणका लागि अनुमति दिएसँगै कामपाले सम्पदा निर्माणको कामलाई तीव्रताको साथ अघि बढाउँने उहाँले बताउनुभयो ।
कार्कीका अनुसार महानगरभित्रका सम्पदासम्बन्धी कुनै पनि कार्यका लागि पुरातत्व विभागको स्वीकृति चाहिन्छ । हालसम्म सिंहदरबारकै पुनःनिर्माण हुन सकेको छैन । त्यस्तै, हनुमानढोका, धरहरालगायतको पुनःनिर्माण पनि कुरामा मात्र सीमित भइरहेको छ ।
महानगरभित्रका सम्पदा पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गर्ने तथा बजेट तयार गर्नुपर्छ । कामपाअन्तर्गतका सम्पदा पुनःनिर्माण पनि पुरातत्व विभागले स्वीकृति नदिएकै कारण अगाडि नबढेको बताइएको छ ।
त्यसोत कामपाको पुरानो भवनको पुनःनिर्माणमा समेत विवाद आएको छ । महानगरले सो भवनलाई भत्काएर सोहीअनुरुपको अर्को नयाँ भवन निर्माण गर्ने निर्णय गरेको थियो । महानगरले नयाँ भवन बनाउन डिजाइन समेत तयार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
पुरातत्व विभागले बागदरबारमा रहेको सो भवन भत्काउन नदिने भएपछि काम रोकिनुका साथै कामपाका सबै विभाग भाडामा बसेर नागरिकलाई सेवा दिन बाध्य भएका छन् ।
पुरातत्व विभागले कामपालाई पठाएको पत्रमा संरचनाको अवस्था हेरी आवश्यकताअनुसार मजबुतीकरण गर्ने भनेको छ । त्यस्तै, संरचनाको बाहिरी, भित्री खुल्ला ठाउँमा थप कुनै संरचना निर्माण नगर्ने, राणाकालीन वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरुपको मौलिकतालाई कायम राख्ने सो पत्रमा उल्लेख छ ।
पुरातत्व विभागले बागदरबारको अस्तित्व जोगाउन भन्दै भवन यथावत राखी मर्मत सम्भार गर्ने भनेको छ । कामपाले भने बागदरबार कार्यालयका लागि पनि उपयुक्त नभएकाले नयाँ डिजाइनमा निर्माण गर्ने भन्दै आएको छ ।
पुरातत्व विभागले राणाकालीन वास्तुकलाको संरक्षण गर्ने भन्दै सो भवन भत्काउने स्वीकृति नदिएको हो । प्रत्येक सम्पदाको पुनःनिर्माण गर्दा माटो निकाल्नेदेखि सबै काममा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने हुन्छ । पुरातत्वले स्वीकृति दिन ढिलाइ गर्दा काम सुस्त भएको हो ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक