
लन्डन । अति कम विकसित ४८ मुलुकका नागरिक समाज मञ्चको
अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यमा बिहीबारदेखि शुरु भएको छ ।
काठमाडौंमा मुख्यालय रहेको एलडिसी वाचले आयोजना गरेको उक्त बैठकमा दर्जनौं गैर सरकारी संस्थाका सयौं प्रतिनिधिले भाग लिइरहेका छन् । बैठकमा नेपाल, बंगलादेश, बेनिन, क्याम्बोडिया, किरिबाटी, सेनेगल तथा टोगो लगायत दक्षिणी तथा पूर्वी अफ्रिका एवं दक्षिण एसियाली नागरिक सन्जालका प्रतिनिधिहरुको सहभागिता छ ।
बिहीबार उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यले अति कम विकसित मुलुकका समस्या सम्वोधन नगरि विश्वव्यापी दिगो विकास लक्ष्य पुरा नहुने धारणा राखे ।
एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले अति कम विकसित मुलुकहरुमा गरिवी, असुरक्षा र सिमान्तकृत समस्या ज्यंूका त्यंू रहेको उल्लेख गर्दै हिंसा, अस्थिरता र द्वन्द्वले यी मुलुक गांजेको बताए । प्रधानले शान्ति, प्रगति र समृद्धिको विश्व चाहने हो भने अति कम विकसित मुलुकहरु विकास साझेदारीको केन्द्रमा रहनुपर्ने धारणा राखेका थिए ।
उद्घाटन सत्रमा टर्कीका विदेश मामिला उपमन्त्री अली नासी कोरुले व्यवहारले शब्द भन्दा धेरै चर्कोसंग बोल्ने बताउंदै अति कम विकसित मुलुकहरुले दिगो विकास लक्ष्य प्राप्त गरेपनि नगरेपनि यी देश केन्द्रमा रहिरहने बताए ।
अति कम विकसित मुलुकहरुको अध्यक्षता ग्रहण गरिरहेको बंगलादेशका
संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि मसुद बीन मोमेनले नागरिक समाजको भूमिका र महत्व राजनीतिक घोषणामा प्रतिबिम्बित गर्न आफूहरु सक्रिय रुपमा लाग्ने बताए ।
अर्को सत्रमा सहभागीहरु व्यापार, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप आदि विषयमा केन्द्रित तीन सत्रमा छलफलमा व्यस्त रहेका थिए ।
१४ देखि १६ ज्येष्ठ (मे २७ देखि २९ तारिख) मा टर्कीकै अन्तल्या शहरमा हुन गइरहेको मध्यावधि मुल्यांकन शिखर बैठक अघि प्रकाशित एक प्रेस वक्तव्यमा एलडिसी वाचले प्राकृतिक प्रकोप, आर्थिक संकट एवं इबोला जस्ता महामारीबाट अल्पविकसित मुलुकका करोडौं जनता प्रभावित भइरहेको र उनीहरुलाई तत्काल भरपर्दो सहयोग पुर्याउने दायित्वबाट अन्तर्राष्ट्रिय समुदाय पन्छन नमिल्नेमा जोड दिएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी