ब्रसेल्स । यही २१ मे २०१६ शनिबारको दिन बेल्जियमस्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज, तामाङ समाज, विश्व मगर संघ, सिकलेस पार्चे कल्याण कोष, संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि र कर्म अनुरुप पूजापाठ गरी सम्पन्न गरेको छ ।
उक्त पूजापाठ कार्यक्रममा लामा गुरू शेरप दोर्जे रेम्बोछेले विश्वमा शान्ति कायमभै मानव लगायत सम्पूर्ण प्राणी जगतले सुख शान्ति प्राप्त गर्नको लागि बुद्धको मार्गमा अग्रसर भै रिस-राग, हिँसा, अज्ञानता, डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन वचन र कर्मले शान्तिपूर्ण जीवनयापन गर्न बुद्धले दिनु भएको वाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्दै लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि शान्तिको कामना गरियो। हुई गुम्बासम्म लुंडदुर एनआरएन आईसीसी सँरक्षक दिल गुरूंगले लगेका थिए ।
पाच सयभन्दा बढी श्रद्धालुहरु उपस्थित रहेको उक्त पूजा कार्यक्रममा औष्टेन्डे नेपाली समाज, एभरेष्ट नेपाली समाज ब्रुगे, ईन्द्र धनुष ल्कब, हिमालयन सोसाईटीको विशेष सहभागिता र बेल्जियममा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बुद्ध धर्मप्रति आश्थावान नेपाली र विदेशीको समेत बाक्लै उपस्थिति रहेको थियो।
साथै सहभागीहरूलाई खाना र पेय पदार्थ ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव लगायत संघ संस्थाहरूप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पूर्ण बेल्जियमबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरिएको छ ।
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट