ब्रसेल्स । यही २१ मे २०१६ शनिबारको दिन बेल्जियमस्थित हुई गुम्बामा शेर्पा किदुग बेल्जियम, तमु समाज, तामाङ समाज, विश्व मगर संघ, सिकलेस पार्चे कल्याण कोष, संयुक्त किरात समाज र थकाली समाजको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि र कर्म अनुरुप पूजापाठ गरी सम्पन्न गरेको छ ।
उक्त पूजापाठ कार्यक्रममा लामा गुरू शेरप दोर्जे रेम्बोछेले विश्वमा शान्ति कायमभै मानव लगायत सम्पूर्ण प्राणी जगतले सुख शान्ति प्राप्त गर्नको लागि बुद्धको मार्गमा अग्रसर भै रिस-राग, हिँसा, अज्ञानता, डाह र मोह आदिलाई त्यागेर स्वच्छ मन वचन र कर्मले शान्तिपूर्ण जीवनयापन गर्न बुद्धले दिनु भएको वाणी र उपदेशलाई पालन गर्दै अगाडि बढ्न सकेमा सबैको कल्याण हुने भन्दै लुङदुर ठढाएर १०८ दीप(छ्युमी) प्रज्वलन गरि शान्तिको कामना गरियो। हुई गुम्बासम्म लुंडदुर एनआरएन आईसीसी सँरक्षक दिल गुरूंगले लगेका थिए ।
पाच सयभन्दा बढी श्रद्धालुहरु उपस्थित रहेको उक्त पूजा कार्यक्रममा औष्टेन्डे नेपाली समाज, एभरेष्ट नेपाली समाज ब्रुगे, ईन्द्र धनुष ल्कब, हिमालयन सोसाईटीको विशेष सहभागिता र बेल्जियममा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बुद्ध धर्मप्रति आश्थावान नेपाली र विदेशीको समेत बाक्लै उपस्थिति रहेको थियो।
साथै सहभागीहरूलाई खाना र पेय पदार्थ ब्यबस्था गर्न प्रायोजन तथा सहयोग गर्ने सम्पुर्ण महानुभाव लगायत संघ संस्थाहरूप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिनु हुने सम्पूर्ण बेल्जियमबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा आयोजकको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गरिएको छ ।
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक