लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले आफ्नोबारे वी नेपालीमा प्रकाशित समाचारप्रति स्पष्टिकरण दिएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै उसले चलायमान सामाजिक संस्थामा विभिन्न कोणबाट कुरा उठाइनुलाई स्वभाविक मान्दै समाचारमा भए जस्तो सत्यता चाहिं नभएको दावी गरेको छ ।
वीनेपालीले ‘ग्रेटर रेडिङ नेपलिज कम्युनिटीमा भांडभैलो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव ओमकार अधिकारीले जारी गरेको विज्ञप्तिमा समाचारमा भए जस्तो तीन जनाले राजिनामा दिएको स्वीकार्दै उनीहरुले आफूले काम गर्न नसकेपछि स्वविवेकले राजीनामा दिएको उल्लेख छ । एसोसिएसनले आर्थिक अनियमितता नभएको प्रष्ट्याउंदै १७ औपचारिक बैठकले गरेका निर्णय अनुसार नै काम भएको र कार्यसमिति निर्णय अनुसार नै पुनर्निर्माणका लागि रकम नेपाल पठाइएको जनाएको छ । एम्बुलेन्सको बील नतिरेको भन्ने सम्वन्धमा महासचिवले ढिला जानकारी गराएकाले केही ढिलाइ हुन गएपनि भुक्तानी भइसकेको उल्लेख गरेको छ ।
एसोसिएसनले आज शनिबार वार्षिक साधारणसभा हुन गइरहेको उल्लेख गर्दै सम्पूर्ण सदस्य र कार्यसमितिलाई सभामा सहभागी भएर चित्त नबुझेका आफ्ना कुरा राख्न अनुरोध गरेको छ । एसोसिएसनलाई बदनाम गराउन केही शक्ति लागिरहेको भन्दै संस्थाले त्यस्ता व्यक्तिका पछि नलाग्न पनि आग्रह गरेको छ ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल