लन्डन । ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसनले आफ्नोबारे वी नेपालीमा प्रकाशित समाचारप्रति स्पष्टिकरण दिएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै उसले चलायमान सामाजिक संस्थामा विभिन्न कोणबाट कुरा उठाइनुलाई स्वभाविक मान्दै समाचारमा भए जस्तो सत्यता चाहिं नभएको दावी गरेको छ ।
वीनेपालीले ‘ग्रेटर रेडिङ नेपलिज कम्युनिटीमा भांडभैलो’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
संस्थाका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव ओमकार अधिकारीले जारी गरेको विज्ञप्तिमा समाचारमा भए जस्तो तीन जनाले राजिनामा दिएको स्वीकार्दै उनीहरुले आफूले काम गर्न नसकेपछि स्वविवेकले राजीनामा दिएको उल्लेख छ । एसोसिएसनले आर्थिक अनियमितता नभएको प्रष्ट्याउंदै १७ औपचारिक बैठकले गरेका निर्णय अनुसार नै काम भएको र कार्यसमिति निर्णय अनुसार नै पुनर्निर्माणका लागि रकम नेपाल पठाइएको जनाएको छ । एम्बुलेन्सको बील नतिरेको भन्ने सम्वन्धमा महासचिवले ढिला जानकारी गराएकाले केही ढिलाइ हुन गएपनि भुक्तानी भइसकेको उल्लेख गरेको छ ।
एसोसिएसनले आज शनिबार वार्षिक साधारणसभा हुन गइरहेको उल्लेख गर्दै सम्पूर्ण सदस्य र कार्यसमितिलाई सभामा सहभागी भएर चित्त नबुझेका आफ्ना कुरा राख्न अनुरोध गरेको छ । एसोसिएसनलाई बदनाम गराउन केही शक्ति लागिरहेको भन्दै संस्थाले त्यस्ता व्यक्तिका पछि नलाग्न पनि आग्रह गरेको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता