लन्डन । साउथ इष्ट क्षेत्रीय तमुधिं र नेपाली युथ असोसिएसनको संयुक्त आयोजनामा यही १४ मे का दिन ग्रीनवीच कप फुटबल र भलिबल प्रतियोगिता हुने भएको छ । यो बेलायतमै पहिलोपटक अरु प्रतियोगिताभन्दा भिन्न तरिकाले गरिने आयोजकको दाबी छ ।
उलवीचस्थित रोयल आर्टिलरी ब्यारेकको फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा २० भन्दा बढि फुटबल टोली र ६ भलिबल टोलीको सहभागिता रहने विशिष्ट संयोजक ह्यारी गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गर्नेछ । रोयल ग्रीनवीच एफसी टिम म्यानेजर दिपेन गुरुङका अनुसार खेलाडीहरुको हौसला बढाउने उद्देश्ले क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिइनेछ ।
गत वर्षको खेल मंगोलियन भान्जाले जितेको थियो । भलिबल खेलका संयोजक राजन खकुरेलले आयोजक समितिले भव्य तयारीका साथ काम अगाडि बढाइरहेको जानकारी दिए । ग्रीनवीच कप सकिसके पछि
ग्रीनवीच एफसीको आयोजनामा लोटस क्लबमा म्यूजिक फेस्टिवल पनि हुंदैछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा