लण्डन । युकेमा बसोबास गरिरहेका बान्तावा रुङ्माहाङ राई बंश वात्तोङ समिति युकेको आठौं बार्षिक साधारण सभा शनिबार यहाँ सम्पन्न भएको छ ।
समितिका अध्यक्ष जंगराज राईको अध्यक्षतामा सम्पन्न वार्षिक सभामा बयोबृद्द अतिथि मानबहादुर राई र बयोबृद्दा अतिथि कृष्णकुमारी राई, सल्लाहकार छेत्रकला राई र अध्यक्ष जंगबहादुर राईले पानसमा बत्ती बालेर सुम्निमा पारुहाङ र प्रथम किराँत राजा यलम्बरको प्रतिमामा फूल चढाएर कार्यक्रम शुरु भएको थियो ।
नेपालमा केही समय अघि दिबंगत हुनुभएका पूर्व अन्चलाधिस मकरबहादुर बान्तावा राई लगायत वर्षभरि दिवंगत हुनुभएका वंश र परिवारहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै रुङ्माहाङ बान्तावा राईहरुको बंश गान “अमर रहोस्” प्रस्तुत गरिएको थियो ।
“रगत र दुधको रक्षा गरौं” भन्ने मूल नाराका साथ देश विदेशमा छरिएर रहेका रुङ्माहाङ वंशहरुको एकता, सद्भाव अनि भाषा र संस्कारलाई जोगाएर अस्तित्वको जगेर्नाको लागी एकजुट भएर अघि बढ्ने लक्ष्यका साथ वंश भेटघाटले अत्यन्तै महत्व राख्ने स्वागत मन्तब्यका क्रममा उपाध्यक्ष राजकुमार रुङ्माहाङले बताए ।
युके वात्तोङ समितिका सचिव बिनोदकुमार रुङ्माहाङ्ले सन्चालन गर्नुभएको कार्यक्रममा वार्षिक प्रतिबेदन लगायत संस्थागत गतिविधिका बारेमा बिबिध कार्यक्रमहरु सम्पन्न भएका थिए ।
सशस्त्र प्रहरी बलको महानिरिक्षकमा पदोन्नति हुनु भएका रुङ्माहाङ् वंशका सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राईलाई संस्थागत रुपमा बधाई दिंदै वहाँको कार्यकाल अत्तन्तै सफलतापूर्वक सम्पन्न होस, सुम्निमा पारुहाङ्को आशिर्वाद मिलोस भन्ने कामनासहित बधाई प्रस्ताव पारित भएको थियो ।
नेपालमा रुङ्माहाङ वंश पितृ माङ्खिम घर निर्माणको लागी युकेबासी रुङ्माहाङ वंशहरुले हरेक परिवारले कम्तिमा एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सर्बसम्मतिले पारित भएको छ ।
एक लाख दिइसक्नुहुने वंशहरुको नामावली पढेर सुनाइएको थियो भने दिन बाँकीहरुले अबको ६ महिनाभित्र रकम उपलब्ध गराईदिन आग्रह गर्दै सहयोग चुक्ता गर्नुहुनेहरुलाई धन्यबाद ज्ञापन गरिएको थियो ।
छोरीचेली कुटुम्बलगायत उत्साहजनक रुपमा भेटघाट, परिचय चिनापर्ची गर्ने अवसरका रुपमा बंश वात्तोङ भेला उत्कृष्ट माध्यम बन्ने गरेको छ ।
बात्तोङका अध्यक्ष जंग राज राईले धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट