
लन्डन । चाल्टर्न नेपाली समाज यूकेले गत आइतबार नयां वर्ष कार्यक्रम गरेको छ । चाल्टर्नस्थित मेरिडियन स्पोर्टस् क्लवमा कार्यक्रम भएको हो ।
कार्यक्रम अन्य जस्तो लामो र पट्यारलाग्दो थिएन किनकि त्यहां अतिथीहरुका लागि मन्तव्य थिएन, खादा लगाइएन ।
संस्थापक अध्यक्ष सुरज केसी र वर्तमान अध्यक्ष रोमनाथ पाण्डेले औपचारिक उद्घाटन गरेपछि शुरु कार्यक्रममा पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै बेलायतमा नेपाली कला, संस्कृति जोगाउने आफूहरुको उद्देश्य रहेको बताए ।
सचिव टिएन रिजालले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा उपाध्यक्ष टंक कंडेलले सहभागीहरुको स्वागत गरेका थिए ।
दोश्रो चरणमा मन्जु भण्डारी खरेलले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बालिकाहरु एलिसा कडेंल, रिया खरेल, कोहीनुर शाही, नोभा कंडेल लगायतले नेपाली पोशाकमा सजिएर नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । हेर्दा बाल कार्यक्रम जस्तो लागेपनि सहभागी नयां वर्ष आदानप्रदान र सांस्कृतिक माहोलमा रमाएका देखिन्थे ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी