
लन्डन । चाल्टर्न नेपाली समाज यूकेले गत आइतबार नयां वर्ष कार्यक्रम गरेको छ । चाल्टर्नस्थित मेरिडियन स्पोर्टस् क्लवमा कार्यक्रम भएको हो ।
कार्यक्रम अन्य जस्तो लामो र पट्यारलाग्दो थिएन किनकि त्यहां अतिथीहरुका लागि मन्तव्य थिएन, खादा लगाइएन ।
संस्थापक अध्यक्ष सुरज केसी र वर्तमान अध्यक्ष रोमनाथ पाण्डेले औपचारिक उद्घाटन गरेपछि शुरु कार्यक्रममा पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्दै बेलायतमा नेपाली कला, संस्कृति जोगाउने आफूहरुको उद्देश्य रहेको बताए ।
सचिव टिएन रिजालले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा उपाध्यक्ष टंक कंडेलले सहभागीहरुको स्वागत गरेका थिए ।
दोश्रो चरणमा मन्जु भण्डारी खरेलले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा बालिकाहरु एलिसा कडेंल, रिया खरेल, कोहीनुर शाही, नोभा कंडेल लगायतले नेपाली पोशाकमा सजिएर नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । हेर्दा बाल कार्यक्रम जस्तो लागेपनि सहभागी नयां वर्ष आदानप्रदान र सांस्कृतिक माहोलमा रमाएका देखिन्थे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा