बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: २१:४४ | UK Time: 15:59

अल्बर्ट हलको कन्सर्टबाट भूकम्प पीडितलाई ४२ लाख

वीनेपाली
२०७२ चैत २० गते १:३०

rah_30220674460

लन्डन । नेपाली कलाकारले लण्डनमा आफ्ना कला प्रस्तुत गरी भूकम्प पीडितका लागि रु ४२ लाख (२५ हजार पाउण्ड) सङ्कलन गरेका छन् ।

नेपाली साङ्गीतिक इतिहासमा पहिलो पटक लण्डनस्थित विश्वकै प्रसिद्ध रोयल एल्बर्ट हलमा सन् २०१५, जुन २८ तारिखमा आयोजित एन इभिनिङ फर गोर्खा नामक साङ्गीतिक कार्यक्रममा सो रकम सङ्कलन गरिएको हो ।

कलाकारहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, जेम्स प्रधान, दीपक थापा, सञ्जीव बराइली, अमुल कार्कीलगायतको टोलीले सो कार्यक्रम आयोजना गरी रकम सङ्कलन गरेको काठमाण्डूमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा कलाकारहरुले आ–आफनो गायन प्रस्तुत गर्दै बेलायतमा नेपालका शुभेच्छुकहरुले ठुलो सहयोग गरेको चर्चा गरेका थिए ।

राससका अनुसार, सङ्कलित रकम चाँडै नै गोरखा जिल्लामा भूकम्पले क्षति पुरयाएको विद्यालयलाई सहयोग गर्ने सो कार्यक्रमका संयोजक प्रभात रिमालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक