केन्ट । लाेकप्रिय गायक शम्भु राईको एकल सांस्कृतिक कार्यक्रम यही मार्च २६ तारिखका दिन फाेल्कस्नमा हुने भएकाे छ ।
फोल्कस्टोनको हकिन्स कम्युनिटी सेन्टरमा हुने साे कार्यक्रमकाे सबै तयारी पूरा भइसकेकाे अायाेजकले जानकारी दिएका छन् ।
कार्यक्रममा गायक राईले नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । ‘यो मेरो बेलायतमा पहिलाे एकल कार्यक्रम हुनेछ यसले जीवनमा अर्को खुसी मिलेको छ ‘, गायक राईले भने । नेपालमा नचाउन नपाएका दर्शक तथा श्रोताहरुलाई यसपटक धित मरुन्जेल नचाउने बाचा उनले गरे ।
आलुदम चना, चलेछ बतास सुस्तरी, चिट्ठी तिमिलाई, मोहनी भाकाले जस्ता संयौ गीतहरु एकैचोटी सुन्न र झुम्न पाइने यो सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू लन्डन, फान्ब्रोदेखि समेत आउने आयोजकले बताएका छन् । अघिल्ला पुस्तामाझ लोकप्रिय गायक राई नयाँ पुस्ताबीच पनि उतिकै परिचित र मनपराइएका गायक हुन् |
आयोजकहरुले पैसा कमाउनको निम्ती कार्यक्रम आयोजना नगरिएको जानकारी दिंदै कलाकारको सम्मान र नेपाली सँगीतको संरक्षणको निम्ती कार्यक्रम आयोजना गरिएको भएकाले सक्दो न्युनतम टिकट शुल्क तोकिएको बताए ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान