काठमाडौँ, २० फागुुन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टी कार्यालय सानेपामा आज आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गर्नुभएको छ ।
उहाँहरुको प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गर्नुभएको थियो । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष हुनुहुन्थ्यो ।
आजदेखि सुरु हुने काँग्रेसको ऐतिहासिक १३औँ महाधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ । वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि आज आफूले सभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिनुभयो ।
वरिष्ठ नेता देउवाले पार्टीभित्र एकता नभई भर्खर प्रजातान्त्रिक र बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा प्रवेश गरेका वामपन्थी पार्टीहरुलाई रुपान्तरण गर्न सकिँदैन भन्नुभयो ।
तीनपटक प्रधानमन्त्री पद सम्हालेका वरिष्ठ नेता देउवाले आफू प्रधानमन्त्री भएका समयमा महिला, बालबालिका, दलित तथा युवा वर्गका क्षेत्रमा धैरै काम गरेको बताउनुभयो ।
यसैगरी महामन्त्री पदका प्रत्याशी केसीले अब देश राजनीतिक ‘सिन्डिकेट’ र विरासतका आधारमा नचल्ने धारणा राख्नुभयो ।
यसैगरी कोषाध्यक्षका प्रत्याशी यादवले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गुट–उपगुटलाई अन्त्य गरिनुपर्छ भन्नुभयो ।
पूर्वमहामन्त्री गुरुङले काँग्रेसभित्र एकताको सन्देश दिन जरुरी रहेको चर्चा गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई अध्ययन गरी नयाँ नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।
पूर्वकेन्द्रीय सदस्य खड्काले अहिले काँग्रेसका लागि सक्षम र कुशल नेतृत्वको आवश्यकता रहेको बताउनुभयो ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह