काठमाडौँ, २० फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापति पदमा समर्थन गर्दे आफ्नोे उम्मेदवारी फिर्ता लिनुभएको छ ।
आज आफ्नै निवास मण्डिखाटारमा कार्यवाहक सभापति पौडेल, नेता डा रामशरण महत, डा शशाङ्क कोइराला, डा शेखर कोइरालालगायतका नेताको उपस्थितिमा नेत्री कोइरालाले सभापतिको उम्मेदवारी दिने धोषणा फिर्ता लिनु भएको हो । उहाँले हिजो आफू सभापतिमा उम्मेदवारी दिने धोषणा गर्नु भएको थियो ।
कार्यवाहक सभापति पौडेलले सबैको राय र परामर्शले यो मुलुकका लागि काँग्रेसको परम्परालाई अक्षुण राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पौडेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानका लागि एकताको खाँचो रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “म २०१७ सालदेखि निरन्तर पार्टीमा समर्पण रहेको व्यक्ति हुँ पार्टीको बरिष्ठ व्यक्ति पनि हुँ मलाई सहयोग गर्नुहोस पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्छु ।”
नेत्री कोइरालाले पार्टीभित्र गिरीजाबाबुप्रति आस्था राख्ने व्यक्तिहरुले अब पार्टी कता जाने हो भन्ने चिन्ता प्रकट गरेकोे र पार्टीका साथीहरु निराश नहुन भनेर आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कारणले पार्टी सङ्कटमा पर्नु हुँदैन त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।”
कोइरालाले विपीको मेलमिलाप र गिरीजाबाबुको सहमति सहकार्य एकतालाई अगाडि लैजान आफु कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा