
जाकार्ता (इन्डोनेसिया), १९ फागुन । इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा बुधबार ७.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको इन्डोनेसियाका अधिकारीले जनाएका छन् ।
भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा टापु वरपरका स्थानमा सुनामी आउन सक्ने भन्दै घर बाहिर रहेका सबै नागरिकलाई सुरक्षितस्थलमा रहन इन्डोनेसिया सरकारले आग्रह गरेको छ ।
भूकम्पको इपिसेन्टर जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइबाट आएको र भूकम्पको झट्का इन्डोनेसिया र यसका छिमेकी देशमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट मानवीय क्षति भए नभएकोबारे यो समाचार तयार पार्दासम्म कुनै रिपोर्ट आइनसकेको इन्डोनेसियाले जनाएको छ ।
यसअघि सन् २००४ मा विध्वंसकारी भूकम्प र यसका कारण आएको सुनामीबाट इन्डोनेसिया लगायतका यस क्षेत्रमा रहेका करीब एक दर्जन मुलुकमा दूई लाख ३० हजार मानिसको मृत्यु भएको थियो । सुनामीबाट खासगरी इन्डोनेसियाको आसेह प्रान्तमा ठूलो संख्यामा हताहती भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा