
जाकार्ता (इन्डोनेसिया), १९ फागुन । इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा बुधबार ७.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको इन्डोनेसियाका अधिकारीले जनाएका छन् ।
भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा टापु वरपरका स्थानमा सुनामी आउन सक्ने भन्दै घर बाहिर रहेका सबै नागरिकलाई सुरक्षितस्थलमा रहन इन्डोनेसिया सरकारले आग्रह गरेको छ ।
भूकम्पको इपिसेन्टर जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइबाट आएको र भूकम्पको झट्का इन्डोनेसिया र यसका छिमेकी देशमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट मानवीय क्षति भए नभएकोबारे यो समाचार तयार पार्दासम्म कुनै रिपोर्ट आइनसकेको इन्डोनेसियाले जनाएको छ ।
यसअघि सन् २००४ मा विध्वंसकारी भूकम्प र यसका कारण आएको सुनामीबाट इन्डोनेसिया लगायतका यस क्षेत्रमा रहेका करीब एक दर्जन मुलुकमा दूई लाख ३० हजार मानिसको मृत्यु भएको थियो । सुनामीबाट खासगरी इन्डोनेसियाको आसेह प्रान्तमा ठूलो संख्यामा हताहती भएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’