नयाँ दिल्ली, ११ फागुन । नयाँ दिल्लीमा पानी आपूर्तिका लागि अरु दुई हप्तालाग्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि नयाँ दिल्लीमा आपूर्ति गरिएको पानीको स्रोतमा नै अवरोध पुरयाएकोले यसका लागि थप १५ दिनसम्म लाग्नसक्ने अनुमान गरेका हुन् ।
नयाँ दिल्लीमा विभिन्न जाती र समुदायका नागरिकले सरकारी सेवा र अध्ययनका लागि थप आरक्षणको मागगर्दै जारी राखेको आन्दोलनका क्रममा पानीको आपूर्तिमार्गमा नै अवरोध पुरयाएका थिए ।
आन्दोलनकारीहरुले दिल्लीका कम्तीमा पनि एक करोड ७० लाख नागरिकका लागि आपूर्ति गरिएको पानीको मुहान नै बन्द गराइदिएका थिए ।
दिल्लीको पानी आपूर्तिसम्बन्धी कार्यालयका एकजना अधिकारी निरज सेवमानले भने– आंशिक सेवा त हामीले एक दुई दिनमा नै सुचारु गर्नेछौँ तर पूरै सेवा सुचारु गर्नका लागि भने कम्तीमा पनि दुई हप्ता लाग्नेछ ।
आन्दोलनकारीहरुले भने सोमबार हरियाणाको राज्य सरकारसँग सम्झौता गरेका छन् । तर पनि आपूर्ति सेवाको मुहानमा नै उनीहरुले पुरयाएको अवरोधका कारण पानीको आपूर्तिमा क्षति पुगेको हो ।
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा, म्याग्दीबाट उम्मेदवारी