नयाँ दिल्ली, ११ फागुन । नयाँ दिल्लीमा पानी आपूर्तिका लागि अरु दुई हप्तालाग्न सक्ने अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि नयाँ दिल्लीमा आपूर्ति गरिएको पानीको स्रोतमा नै अवरोध पुरयाएकोले यसका लागि थप १५ दिनसम्म लाग्नसक्ने अनुमान गरेका हुन् ।
नयाँ दिल्लीमा विभिन्न जाती र समुदायका नागरिकले सरकारी सेवा र अध्ययनका लागि थप आरक्षणको मागगर्दै जारी राखेको आन्दोलनका क्रममा पानीको आपूर्तिमार्गमा नै अवरोध पुरयाएका थिए ।
आन्दोलनकारीहरुले दिल्लीका कम्तीमा पनि एक करोड ७० लाख नागरिकका लागि आपूर्ति गरिएको पानीको मुहान नै बन्द गराइदिएका थिए ।
दिल्लीको पानी आपूर्तिसम्बन्धी कार्यालयका एकजना अधिकारी निरज सेवमानले भने– आंशिक सेवा त हामीले एक दुई दिनमा नै सुचारु गर्नेछौँ तर पूरै सेवा सुचारु गर्नका लागि भने कम्तीमा पनि दुई हप्ता लाग्नेछ ।
आन्दोलनकारीहरुले भने सोमबार हरियाणाको राज्य सरकारसँग सम्झौता गरेका छन् । तर पनि आपूर्ति सेवाको मुहानमा नै उनीहरुले पुरयाएको अवरोधका कारण पानीको आपूर्तिमा क्षति पुगेको हो ।
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला