लन्डन । गत वर्ष भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसस्थित ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपाल नेटवर्कले सघाउने भएको छ । हालै सो विद्यालयमै पुगेर हेल्प नेपाल नेटवर्कको यूएस शाखाका अध्यक्ष अभय श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसंग यस संबन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उनले सो अवसरमा पहिलो किश्ता स्वरुप रु पन्ध्र लाखको चेक पनि विद्यालयलाई हस्तान्तरण गरे ।
सो विद्यालयको पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्कले एक करोड रुपियाँ सहयोग गर्ने वाचा गरेको छ। त्यसमध्ये झण्डै साठी लाख रुपियाँ हेल्पनेपाल नेटवर्क यूएस शाखाले र बाँकी रकम ‘लिभरपुल युनाइटस फर नेपाल’ नामक समूहले व्यहोर्ने जनाइएको छ।
स्थानीय जनसमुदायबाट स्वेच्छिक श्रमदान समेत गरी परियोजनाको कूल लागतको झण्डै दश प्रतिशत प्राप्त हुने अपेक्षा गरिएको छ।
“नेपालमा भूकम्प गए लगत्तै हेल्पनेपाल नेटवर्कको युएसले प्रवासी नेपाली तथा नेपालका मित्रहरुबाट प्राप्त सहयोग परिचालन गरी भूकम्प पीडितहरुकालागि उद्धार तथा राहत पुराएको थियो। अहिले ठोकर्पा माविको पुनर्निर्माणमा सघाउन पाउँदा हामीलाई साह्रै खुसी लागको छ,” हेल्पनेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले दोलखा र नुवाकोटका थप दुई वटा विद्यालयहरुको पुनर्निर्माणमा पनि आफ्नो शाखाले सघाउनेबारे छलफल भैरहेको जानकारी दिए ।
ठोकर्पा माविका प्रधानाध्यापक गोविन्द महतले विदेशमा बसेका नेपालीहरुले भूकम्प प्रभावित क्षेत्रमा शैक्षिक पुनर्निर्माणमा सघाएकोप्रति हार्दिक आभार व्यक्त गरे । उनले भूकम्पका कारण पठनपाठन प्रभावित भएपनि विद्यालयको गुणस्तर अरु बढाउने तर्फ आफुहरुले हरसंभव प्रयास गर्ने पनि बताए ।
सन् १९९९ मा स्थापित हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायतका क्षेत्रमा अहिलेसम्म एकसय भन्दा बढी परियोजनाहरु पुरा गरिसकेको छ। विदेशमा बस्ने नेपालीहरुले प्रत्येक महिना दिएको एक पाउण्ड वा एक डलरबाट पनि नेपालमा थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण सो संस्थाले प्रस्तुत गरेको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च