
काठमाडौँ, १० फागुन । यस साता प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रले आशा गरेअनुरुप सफलता प्राप्त सकिरहेका छैनन् ।
शुक्रबारदेखि राजधानीमा ‘को आफ्नो’, ‘फागु’ र ‘द सोल्जर’ नामक चलचित्र प्रदर्शनीमा रहेका छन् । ‘को आफ्नो’ एउटा कलात्मक चलचित्र हो । यसमा ऋचा शर्माको कुरुप महिलाको चरित्रको भुमिका छ ।
त्यस्तै, ‘द सोल्जर’ जङ्गल यात्रामा आधारित भिडियो चलचित्र हो । यसमा हात्ती हिँडेको समयमा लिइएका खतरनाक दृश्य देखाइएको छ । हालसम्मको प्रदर्शन हेर्दा यी दुवै चलचित्र सुपर फ्लपको श्रेणीमा परेको वितरक गोपाल कायस्थको वताउनुहुन्छ । उहाँ भनुहुन्छ, “यी चलचित्रको लगानी उठ्नु त परको कुरा भयो, सामान्य व्यापारसमेत भएको छैन ।”
त्यसैगरी ‘बाबुसाहेव’पछि करिष्मा मानन्धरको ‘कमव्याक’को रुपमा आएको चलचित्र ‘फागु’मा तराईकी महिलाको कथा छ । यसमा शिल्पा पोखरेलले प्रमुख भुमिका निभाएकी छिन् । फागु पूर्णिमामा लक्षित गरेर आएको करिष्माको महत्वाकांक्षी उक्त चलचित्रले पनि औसत् मात्र व्यापार गर्न सकेको वितरक कायस्थको भनाइ छ ।
अनिल थापाको लेखन तथा निर्देशनमा बनेको ‘को आफ्नो’मा ऋचासँगै राजन खतिवडा, सुवास थापा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, महेन्द्र बज्राचार्यको निर्माण तथा बिएस बलामीको निर्देशनमा बनेको चलचित्र ‘द सोल्जर’मा दिवस उप्रेती, सुलेमान शङ्कर, जेनिशा केसी, सुनिल थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी करिष्माको निर्माण तथा सम्झना उप्रेती रौतियारको निर्देशनमा तयार भएको चलचित्र ‘फागु’मा शिल्पासँगै राजेश हमाल, गौरी मल्लजस्ता हस्ती पनि चलचित्रमा देख्न सकिन्छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा