वासिङटन (अमेरिका), ८ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार एक कार्यक्रमबीच बोल्दै आगामी मार्चमा आफू अमेरिकी राष्ट्रपतिका रुपमा क्युबा जाने निर्णय सुनाउनु भएको छ ।
राष्ट्रपति ओबामाले आगामी मार्च २१ र २२ मा क्युबाका लागि हुन लागेको भ्रमण ऐतिहासिक हुने बताउनुभयो ।
यसपूर्व अमेरिकी राष्ट्रपतिका रुपमा क्युबाको भ्रमण सन् १९२८ मा पूर्व राष्ट्रपति कालभिन कुलिजले गर्नुभएको थियो ।
आफ्नो साप्ताहिक रेडियो सम्बोधनमा ओबामाले भन्नुभयो, दाजुभाइ तथा दिदीबहिनी म क्युबा जाने विषय आधिकारिक रुपमा यसैहप्ता निर्णय भएको छ ।
भ्रमण सम्बन्ध विस्तारका लागि नयाँ अध्याय
क्युबासँगको सम्बन्ध विस्तारका लागि भ्रमण उत्कृष्ट माध्यम हुने र यसले अमेरिकाको आफ्नो छिमेकी राष्ट्र क्युबा र त्यहाँका जनतासँगको आपसी हित तथा मान्यता विस्तारमा सहयोगी रहने राष्ट्रपति ओबामाले बताउनुभयो ।
भ्रमणलाई अमेरिका र अमेरिकी जनताबीच क्युबा र त्यहाँका जनताबीचको सम्बन्धमा विस्तारका नयाँ अध्याय बनाउने निर्णय भएको छ, ओबामाले सन्देशमा बताउनुभयो ।
दुई देशबीचको यसअघि देखिँदै आएका समस्या समाधान गर्न दुवै देशका सरकार, प्रशासन र जनताबीच सम्बन्ध विस्तार गर्नु र अनुभव आदानप्रदान गर्नु नै उत्तम उपाय हुनेछ । यसको सुरुवात मार्चको भ्रमणले गराउने छ ।
क्युबामा परिवर्तन रातारात त हुन सक्दैन तर, भ्रमण क्युबा र क्युबाली जनतालाई परिवर्तनका लागि मौका र स्रोत खुला गर्न सफल रहने छ, राष्ट्रपति ओबामाले भन्नुभयो ।
क्युबासँगको सम्बन्ध सुधारका लागि दुई देशको नेतृत्वबीच हुने वार्ता फलदायी बन्न सक्ने भन्दै आफू राष्ट्रपतिका रुपमा आएपछि नै बताउँदै आउनुभएको थियो ।
सन् २०१५ जुलाईदेखि दुई देशबीचको सम्बन्ध सुधारका प्रयासस्वरुप कूटनीतिक पहलहरु भइरहेको र दुई देशबीचको दूरी कम बनेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?