वासिङटन (अमेरिका), ८ फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार एक कार्यक्रमबीच बोल्दै आगामी मार्चमा आफू अमेरिकी राष्ट्रपतिका रुपमा क्युबा जाने निर्णय सुनाउनु भएको छ ।
राष्ट्रपति ओबामाले आगामी मार्च २१ र २२ मा क्युबाका लागि हुन लागेको भ्रमण ऐतिहासिक हुने बताउनुभयो ।
यसपूर्व अमेरिकी राष्ट्रपतिका रुपमा क्युबाको भ्रमण सन् १९२८ मा पूर्व राष्ट्रपति कालभिन कुलिजले गर्नुभएको थियो ।
आफ्नो साप्ताहिक रेडियो सम्बोधनमा ओबामाले भन्नुभयो, दाजुभाइ तथा दिदीबहिनी म क्युबा जाने विषय आधिकारिक रुपमा यसैहप्ता निर्णय भएको छ ।
भ्रमण सम्बन्ध विस्तारका लागि नयाँ अध्याय
क्युबासँगको सम्बन्ध विस्तारका लागि भ्रमण उत्कृष्ट माध्यम हुने र यसले अमेरिकाको आफ्नो छिमेकी राष्ट्र क्युबा र त्यहाँका जनतासँगको आपसी हित तथा मान्यता विस्तारमा सहयोगी रहने राष्ट्रपति ओबामाले बताउनुभयो ।
भ्रमणलाई अमेरिका र अमेरिकी जनताबीच क्युबा र त्यहाँका जनताबीचको सम्बन्धमा विस्तारका नयाँ अध्याय बनाउने निर्णय भएको छ, ओबामाले सन्देशमा बताउनुभयो ।
दुई देशबीचको यसअघि देखिँदै आएका समस्या समाधान गर्न दुवै देशका सरकार, प्रशासन र जनताबीच सम्बन्ध विस्तार गर्नु र अनुभव आदानप्रदान गर्नु नै उत्तम उपाय हुनेछ । यसको सुरुवात मार्चको भ्रमणले गराउने छ ।
क्युबामा परिवर्तन रातारात त हुन सक्दैन तर, भ्रमण क्युबा र क्युबाली जनतालाई परिवर्तनका लागि मौका र स्रोत खुला गर्न सफल रहने छ, राष्ट्रपति ओबामाले भन्नुभयो ।
क्युबासँगको सम्बन्ध सुधारका लागि दुई देशको नेतृत्वबीच हुने वार्ता फलदायी बन्न सक्ने भन्दै आफू राष्ट्रपतिका रुपमा आएपछि नै बताउँदै आउनुभएको थियो ।
सन् २०१५ जुलाईदेखि दुई देशबीचको सम्बन्ध सुधारका प्रयासस्वरुप कूटनीतिक पहलहरु भइरहेको र दुई देशबीचको दूरी कम बनेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित