लन्डन । इन्फेन्ट्री तालिम केन्द्र क्याट्रिक ग्यारिजनमा भर्ती भएर आएका नयां नेपाली युवालाई प्रशिक्षण दिने एक गोर्खा ठगी आरोपमा जेल चलान हुने भएका छन् । रोयल गोर्खा राइफल्स्मा कार्यरत कर्पोरल सूर्य प्रकाश हाङ्गम पदको दुरुपयोग गरि प्रशिक्षार्थीहरुबाट गैर कानुनी रकम उठाएको आरोपमा दोषी पाइएका हुन् ।
हाल बेकवीथ ग्रीन फोकस्टोन केन्ट बस्ने ३५ वर्षीय हाङ्गमले गत वर्ष फेब्रुअरी २८, २०१५ देखि मार्च ३१, २०१५ भित्र क्याट्रिक ग्यारिजनबाट १७ जनाबाट १८ हजार १८९ पाउण्ड ९९ पेन्स असुलेका थिए ।
हिजो सोमबार १५ फेब्रुअरीका दिन नर्थएलरटन म्याजिस्ट्रेट कोर्टमा पेश गरिएका उनलाई जेल चलानका लागि आगामी मार्च १४ तारिख सोमबार बिहान १० बजे टिस्साइड क्राउन कोर्ट लगिने स्थानीय दि नर्दन इको न्यूज पोर्टलले जनाएको छ ।
सैनिक प्रवक्ताले उनी मे २०१५ मा आफ्नो युनिट फर्किएको जनाएका छन् । उनी मार्च १४ सम्म जमानतमा थिए ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह