रेडिङ । बेलायतको रेडिङमा बसोबास गर्ने नेपालीहरुको संस्था ग्रेटर रेडिङ नेपाली समाज (जीअारएनसीए) को आयोजनामा बिद्याकी देवी सरस्वतीकाे पूजा सम्पन्न भएको छ।
बालिका आध्या भट्टराईले सरस्वती बन्दना गरेर शुरू भएको सो कार्यक्रममा केदार रिमालले सरस्वतीको पूजा गर्नुको साथै सरस्वती दिवसको महत्व बारेमा प्रकाश पार्नु भएको थियो। प्राथमिक तथा माध्यामिक बिद्यालय उमेरका थुप्रै बालबालिकाका साथै नेपालीहरुको उपस्थित रहेको थियो।
नेपालभन्दा टाढा रहेर पनि सरस्वती पूजा गर्न पाएकोमा र विशेष गरी बालबालिकाहरुलाई सरिक गराउन पाएकोमा अभिभावकहरुले प्रशन्नता ब्यक्त गरेका थिए। सो अवसरमा उपस्थित नेपालीहरुले सरस्वती पूजा गर्नुको साथै बालबालिकाहरुलाई गेम पनि खेलाइेको थियो र उनीहरुलाई सरस्वतीको प्रतिक उपहार दिइएको थियो। सरस्वतीको बन्दना संगीतले कार्यक्रमलाई बढो रोचक बनाएको थियो। सरस्वती पूजापछि उपस्थित सबैलाई प्रसाद प्रदान गरिएको थियो।
सुजना पौडेल , निर्मला न्यौपाने, उपासना बस्नेत, सुशिला गुरुङ, रिना शाह, मुना घिमिरेले फल्फूल, मिठाइ तथा हलुवा प्रायोजन गर्नु भएको थियो भने नबिन गुरुङले फोटो तथा भिडियो तथा भरत पौड्याल, सञ्जय दाहाल तथा किरण न्यौपानेले म्युसिकल चेयरमा सहयोग गरेका थिए। ओमकार अधिकारीको संयोजकत्वमा तथा महासचिव नवराज न्यौपानेले सन्चालनले गर्नुभएको सो कार्यक्रममा अध्यक्ष मानबहादुर गुरुङ तथा कार्यसमितिका पदाधिकारीलगायत नेपालीहरुको सहभागिता रहेको थियो।
यसैबीच, ग्रेटर रेडिङ नेपाली समाजको आयोजनामा रेडिङमा नेपाली भाषा कक्षा सन्चालन भएको छ। सरस्वती पूजाको अघिल्लो दिनबाट सुरु भएको सो नेपाली कक्षा ७ वर्षभन्दा बढीका बालबालिकाहरुलाई नेपाली भाषा सिकाइने बताइएको छ। सो अवसरमा संघका अध्यक्ष मानबहादुर गुरुङले नेपाली बालबालिका तथा नेपालीको भलाईका लागि काम गर्न नेपाली समाज पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भयो। सो अवसरमा चिरन्जिबी पौड्याल, उपाध्यक्ष कृष्ण न्यौपाने तथा कार्यकारी सदस्य ओमकार अधिकारिले पनि नेपाली भाषा कक्षा सन्चालन तथा पाठ्यक्रमका बारेमा प्रकाश पर्नु भएको थियो।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल