काठमाडौँ, ३ फागुन । दोस्रो ‘फेडेरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन अफ स्पोर्टस् (एफआइसिटीएस)’ यही फागुन १९ र २० गते हुने भएको छ ।
नेपाल स्पोर्टस् फाउन्डेसनको आयोजनामा राजधानीमा हुने खेलकुद चलचित्र महोत्सव–२०१६ मा चार स्वदेशी र तीन विदेशी चलचित्र प्रदर्शन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव अन्तर्गत नेपालसहित चार देशका खेलकुदलाई प्राथमिकतामा राखेर बनेका चलचित्र दुई दिनसम्म देखाइने छ जसमा नेपाली निर्देशक विजय गजमेरको ‘आकाश’, टिएस ठकुरी र जनक नेपालको ‘प्लेयर्स सिटी’, श्रीहरि श्रेष्ठ र आनन्दकृष्ण श्रेष्ठको ‘एन्जेल अफ रिभर प्याराडाइस’ र ‘रिसर्च फर कमन ग्राउन्ड नेपाल’ले निर्माण गरेको ‘पावर अफ बल’ छन् ।
त्यस्तै भारतीय निर्देशक विक्रम भुरोगाहिनको ‘किकिङ फ्रम द कर्नर’, बेलायती निर्देशक साम कोल्लिनको ‘डेथ अफ जेन्टलम्यान’ तथा रुसकी सोफिया गेवेइलेरको ‘स्प्रिट इन मोसन’ नामका चलचित्र हुनेछन् ।
महोत्सवमा खेलकुद र शान्ति, खेलकुद र पर्यटन, खेलकुद र चलचित्र, नेपालमा खेलकुदको विकास लगाया विषयमा अन्तक्र्रिया समेत गरिने छ । फाउन्डेसनका अध्यक्ष सूर्य थपलियाले खेलकुद मार्फत पर्यटन र पर्यटन मार्फत खेलकुदको विकास गर्दै समग्र देशमा खेलकुद पर्यटनको विकास र विस्तार गर्ने आफूहरूको उद्देश्य रहेको बताए ।
नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटीका अध्यक्ष अनुप सुवेदीले देशको खेलकुद क्षेत्रको अभिवृद्धिका लागि यस्ता महोत्सव आयोजना गर्न पछि नपर्ने बताए ।
रिसर्च फर कमन ग्राउन्डका कार्यक्रम निर्देशक युवाकर राजकर्णिकार लगायतले देशको खेलकुद विकासमा योगदान पुरयाउन सो विषयमा बढीभन्दा बढी चलचित्र तथा वृत्तचित्र निर्माण हुनुपर्नेमा जोड दिए ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची