
पोखरा, २९ माघ । दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को मन्त्रीस्तरीय बैठक यहाँ आयोजना गर्नेबारे उपप्रधान एवम्. परराष्ट्रमन्त्री कमल थापाले आज पोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा भएको छलफलमा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, पश्चिामाञ्चल क्षेत्रस्तरीय सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भलकराम अधिकारीसँग छलफल गर्नुभएको हो ।
उक्त अवसरमा उपप्रधानमन्त्री थापाले सार्क मन्त्रीस्तरीय बैठकका लागि प्रभावकारी आवास व्यवस्थापन, सरसफाइ एवम् सुरक्षा व्यवस्थाबारे जानकारी लिएर पूर्वाधारका लागि निर्देशन दिनुभयो ।
उहाँले पोखरा पर्यटकीय केन्द्र भएका कारण सार्क मन्त्रीस्तरीय बैठकलाई चाहिने पूर्वाधार पूरा गर्न पोखरा सफल रहने विश्वास व्यक्त गर्नुभभयो ।
उपप्रधानमन्त्री थापाले आजै पोखरास्थित फिस्टेल लज, होटेल पोखरा ग्रान्ड, साङ्ग्रीला भिलेज रिसोर्ट र फूलबारी रिसोर्टको पनि अवलोकन गरी त्यहाँ हुनसक्ने आवास व्यवस्थापनबारे छलफल गर्नुभएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार