बर्दिवास, २२ माघ । एमाले सम्बद्ध सङ्गठन युवा सङ्घ नेपालले अब आफ्नो युवा शक्ति राष्ट्रिय पुनःनिर्माणमा जुटाइने उद्घोष गरेको छ ।
‘मधेस संवाद तथा जागरण अभियान’ का लागि दुई महिने कार्यक्रम बनाएर मधेस झरेको सङ्घले आज महोत्तरीको बर्दिवासमा नगर पत्रकार सञ्जाल बर्दिवासले आयोजन गरेको पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेको हो ।
कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले पुसबाट सुरु भएको दुई महिने ‘मधेस संवाद तथा जागरण अभियान’ माघ मसान्तमा समापन गरिएपछि आफूहरु राष्ट्रिय पुनःनिर्माणमा जुट्ने जानकारी दिए ।
यस क्रममा सबैभन्दा पहिले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका काममा एक लाख युवा शक्ति परिचालित गरिने पहारीको भनाइ थियो । दोलखाबाट सुरुवात गरिने कार्यक्रममा सात लाख सुरक्षित घर बनाइने जानकारी दिइएको छ ।
राष्ट्रिय पुनःनिर्माणकै क्रममा युवा मधेसको हुलाकी सडक निर्माण र सरकारले अघि सारेको सीमा क्षेत्र विकास कार्यक्रममा परिचालित गरिने अध्यक्ष पहारीले बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश