बर्दिवास, २२ माघ । एमाले सम्बद्ध सङ्गठन युवा सङ्घ नेपालले अब आफ्नो युवा शक्ति राष्ट्रिय पुनःनिर्माणमा जुटाइने उद्घोष गरेको छ ।
‘मधेस संवाद तथा जागरण अभियान’ का लागि दुई महिने कार्यक्रम बनाएर मधेस झरेको सङ्घले आज महोत्तरीको बर्दिवासमा नगर पत्रकार सञ्जाल बर्दिवासले आयोजन गरेको पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेको हो ।
कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले पुसबाट सुरु भएको दुई महिने ‘मधेस संवाद तथा जागरण अभियान’ माघ मसान्तमा समापन गरिएपछि आफूहरु राष्ट्रिय पुनःनिर्माणमा जुट्ने जानकारी दिए ।
यस क्रममा सबैभन्दा पहिले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका काममा एक लाख युवा शक्ति परिचालित गरिने पहारीको भनाइ थियो । दोलखाबाट सुरुवात गरिने कार्यक्रममा सात लाख सुरक्षित घर बनाइने जानकारी दिइएको छ ।
राष्ट्रिय पुनःनिर्माणकै क्रममा युवा मधेसको हुलाकी सडक निर्माण र सरकारले अघि सारेको सीमा क्षेत्र विकास कार्यक्रममा परिचालित गरिने अध्यक्ष पहारीले बताए ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक