
काठमाडौँ, १९ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानको पहिलो संशोधन भइसकेपछि पनि दक्षिणी सीमा नाका नखुलेको विषयमा चासो व्यक्त गर्नुभएको छ ।
अध्यक्ष दाहाललाई भेट्न आज उहाँकै निवास लाजिम्पाट पुग्नुभएका भारतीय राजदूत रणजीत रायलाई नाकामा अवरोध नरहेको भए पनि नखुल्दा समस्या कायम रहेको भन्दै चासो व्यक्त गर्नुभएको हो ।
उहाँले नयाँ संविधानको सहज कार्यान्वयनमा आफूहरु लागेको भन्दै त्यसमा भारतीय पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गरेर सहज वातावरण तयार पार्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा भारतीय राजदूत रायले सीमामा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन