लन्डन । तेज पुन मगरलाई अध्यक्ष चुन्दै हिलिङ्डन गोर्खा नेप्लिज कम्युनिटीको तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
लन्डन हेजस्थित गोल्स क्लवमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा अम्वर गुरुङ, महिला उपाध्यक्षमा अन्जना गुरुङ, सचिवमा छत्रसिं लिम्वु, कोषाध्यक्षमा शमसेर लिम्बु, सह सचिवमा प्रेमध्वज गुरुङ, सहकोषाध्यक्षमा पूर्ण नेपाली र सदस्यहरुमा चित्रा नेम्वाङ, वालकृष्ण नेपाली, शुक्रराज तामाङ साथै युथ कल्वका अध्यक्ष विशाल गुरुङ सहित ११ सदस्यीय समिति गठन गरेको छ ।
नव निर्वाचित अध्यक्ष पुनले शपथ लिंदै आफनो कार्यकालमा संस्थालाई च्यारिटीमा दर्ता गर्ने, ज्येष्ठ नागरिकहरुलाई अवलोकन भ्रमणमा लैजाने र नेपाली वालवालिकालाई नेपाली भाषाको कक्षा सञ्चालन गर्ने लगायतका कार्य योजना प्रस्तुत गरे ।
गोर्खा च्यानलको वोर्ड आफ डाइरेक्टर तथा नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिव विमला लिम्वुको प्रमुख आतिथ्य तथा स्याडो चान्सलर एमपी जोन म्याकडोनेलको विशेष आतिथ्यमा अधिवेशन भएको हो ।
कम्युनिटीका अध्यक्ष सूर्य इप्सङको अध्यक्षतामा भएको उक्त कार्यक्रम पानसमा दीप वालेर उद्घाटन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा सदंस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई खादा तथा प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।
मन्तव्यका क्रममा स्याडो चान्सलर एमपी जोन म्याकडोनेलले कम्युनिटीले हालसम्म उत्कृष्ट काम गरिरहेको जनाउंदै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपाली समुदायले माग गरेको एक्स सर्भिसमेन कल्वका लागि चांडै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले हरेक वर्ष हुने हेज कार्निभलमा लगातार तीन पटक विजयी भएकामा वधाई दिंदै गोखालीहरुका लागि सिमेट्री प्राप्त भएकामा खुशी समेत व्यक्त गरेका थिए ।
उनले भूपू गोर्खा आन्दोलन जायज भएको स्वीकार्दै उनीहरुले न्याय पाउनु पर्नेमा जोड दिए । कार्यक्रममा कम्युनिटी फण्ड कोआर्डिनेटर फियोना गिव्स् र हेज टाउन पार्टरनसीपका डेभिड वोरोले कम्युनिटी फण्ड र ट्राफिक फलोबारे जानकारी गराउंदै आफनो क्षेत्रबाट कम्युनिटीलाई के कस्ता सहयोग गर्न सकिन्छ भन्नेबारे जानकारी गराएका थिए ।
कार्यक्रममा कम्युनिटीमा आवद्ध दिवंगत सदस्यहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने दिवंगत परिवारलाई जनही एक हजार पाउण्ड सहयोग रकम समेत हस्तान्तरण गरियो । अन्जना गुरुङ र तेज पुनले सञ्चालन गरेको उद्घाटन सत्रमा कम्युनिटीका कोषाध्यक्ष वाल कुमारले आर्थिक प्रतिवेदन र सचिव तेज पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष सूर्य इप्सङले आफनो कार्यकाल भरि भएका प्रयास तथा गतिविधिहरुवारे जानकारी गराएका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा निर्वाचन कमिटीका संयोजक भुपा ध्वोज आलेमगरको संयोजनमा नयां कार्य समिति चयन गरिएको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग