काठमाडौँ, १३ माघ । आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारी प्रयास प्रारम्भ भएको छ ।
पशुपक्षी विकास मन्त्रालयले आज ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षीजन्य पदार्थको आयातप्रतिस्थापन गरी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । अण्डा, मासु र दूधमा क्रमशः एक, दुई र तीन वर्षभित्र आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने मन्त्रालयले जनाएको छ ।
यसका लागि पशुपालन क्षेत्रलाई क्रमशः व्यवसायीकरण गर्दै लाने सोचका साथ यथार्थपरक र तथ्यमा आधारित उत्पादन र उपलब्धता समेतका आधारमा प्रादेशिक क्षेत्रलाई क्रमशः पशुजन्य पदार्थमा आत्मनिर्भर क्षेत्र घोषणा गर्दै लगिनेछ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षी क्षेत्रको दिगो विकासद्वारा खाद्य सम्प्रभु र सम्वृद्ध नेपालका निम्ति दिगो पशुपक्षीजन्य उत्पादनका माध्यमबाट मुलुकलाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाई उच्च आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
पशुपक्षी विकासमन्त्री शान्ता मानवीले एक वर्षभित्र अण्डा, दुईवर्षभित्र मासु र तीन वर्षभित्र दूधमा मुलुकलाई आत्मनिर्भर बनाउने कार्ययोजना सुरु गरिने बताउनुभयो । पशुपक्षीजन्य उत्पादन अभिवृद्धिका लागि आहार र नश्ल सुधारका प्रभावकारी कार्यक्रम ल्याइने उहाँले बताउनुभयो ।
पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनमगरले पशुजन्य उत्पादनबाट मुलुकलाई सम्वृद्ध बनाउन निर्वाहमुखी आधुनिक कृषि प्रणाली र भरपर्दो बजारीकरणको व्यवस्था गर्न सरकारले सहयोग गर्ने बताउनुभयो । परम्परागत एवम् निर्वाहमुखी पशुपक्षीपालनलाई व्यवसायीकरण गर्दै मुलुकलाई पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने र पशुजन्य पदार्थको निर्यात प्रवद्र्धन गर्ने, पशुपक्षी उत्पादन अभिवृद्धिका लागि कृषकमा आकर्षक कार्यक्रम र प्राविधिक सहयोगका साथ उन्नत्, नश्ल, दाना÷आहारा, पशु स्वास्थ्य सेवा, सुलभ ऋण र पशु बिमा सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाइएको छ ।
मन्त्रालयले घोषित प्रतिवद्धता कार्यान्वयनका लागि रु १५ अर्बदेखि रु २० अर्बको हाराहारीमा बजेट चाहिने र त्यसका लागि अर्थ मन्त्रालय र योजना आयोगमा ताकेता भइरहेको जनाएको छ । मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले देशभरका कृषक, उद्यमी, विज्ञ एवम् सरोकारवालासँग छलफल गरी सम्भावना अध्ययन र आवश्यकताका आधारमा प्रतिवद्धता ल्याइएको बताउनुभयो ।
मुलुकमा दूधको उत्पादन र खपत बढाएर क्रमश आत्मनिर्भर बनाइने उहाँले बताउनुभयो । मन्त्रालयको लक्ष्य र उद्देश्य प्राप्तिका लागि किसानमैत्री ‘राष्ट्रिय पशुपक्षीपालन नीति’ छ महिनाभित्र तर्जुमा कार्यान्वयनमा ल्याइने, पुराना ऐन पुनरावलोकन गरी एक वर्षभित्र पशुपक्षीका विविध क्षेत्रलाई सम्बोधन गर्न पशुकल्याण, ऐन, पशुपक्षी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र सरुवा रोग ऐनतर्जुमा गरिने प्रतिवद्धतामा जनाइएको छ ।
नेपालका विभिन्न जिल्ला र प्रदेशमा पटकपटक हुँदै आएको मिल्क होलिडे (दूध बिक्री नहुने अवस्था) सदाका लागि अन्त्य गर्न कृषक समुदाय वा सहकारीबाट उत्पादित दूधलाई उचित मूल्यमा खरिद गरी उपयोग हुने व्यवस्था मिलाइनेछ । नेपालको वर्तमान दूधको माग र आपूर्ति अध्ययन गरी यस क्षेत्रमा हाल भएको लगानी र भविष्यमा हुने दूध उत्पादनको आँकलन र प्रक्षेपणका आधारमा दुग्ध प्रशोधन, उत्पादनमा विविधिकरण र बजारीकरणलाई व्यापकता दिइनेछ ।
पशुपालन क्षेत्रले देशको कुल गार्हस्थ उत्पादनमा करिब ११ र कूल कृषि गार्हस्थ उत्पादनमा करिब २६.८ प्रतिशत योगदान रहेको छ । देशमा हाल प्रतिवर्ष दूध १७ लाख ३४ हजार मेट्रिक टन, मासु तीन लाख तीन हजार मेट्रिक टन र अण्डा ९० करोड वटा उत्पादन हुँदै आएको मन्त्रालयले जनाएको छ ।
विकसित मुलुक सरह न्यूनतम पशुजन्य पदार्थको उपभोग प्रतिव्यक्ति प्रति वर्ष दूध ९१ लिटर, मासु १४ किलो र अण्डा उत्पादनमा ४५ प्रतिशतले वृद्धि गर्नुपर्ने आवश्यकता छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत