लन्डन । सूचना प्रविधिले विश्व सांघुरिएको सन्दर्भ त अब नौलो लाग्न छाडिसक्यो । दिनप्रतिदिन यसका नयां आविष्कारले मानिसलाई जत्ति चलायमान बनाएको छ, सेवा सुविधा पनि बसी बसी त्यत्तिनै थपिन थालेको छ । सन्दर्भ हो, अन कल रुम नामक एपको । बेलायतमा स्वास्थ्य क्षेत्रमा समर्पित चिकित्सकसहित पेशेवरहरुको एउटा समूहले ल्याएको उक्त एपमार्फत अब नेपालको अपरेशन थिएटरमा रहेको विरामीले लन्डनबाटै उपचार सुविधा पाउन सक्छ ।
अलिक अपत्यारिलो लाग्यो होला । त्यो के भने, नेपालको कुनै अस्पतालको अपरेशन थिएटरमा विरामी छटपटिइरहेको छ । जटिल केस सुल्झाउन नेपाली चिकित्सकहरुलाई पनि हम्मे हम्मे परेको छ भने त्यो आपतकालिन अवस्थामा बेलायतका विशेषज्ञहरुले रोग के हो ? उपचार विधि के ? औषधि के ख्वाउने ? आदिबारे निर्देश गर्न सक्छन् सोही एप मार्फत । यसबाट चिकित्सकसंगै नर्स र सहायकहरु पनि लाभान्वित हुन सक्नेछन् ।
उत्कृष्ट एक सय ‘ग्लोवल डिजिटल हेल्थ लिष्ट’ मा सूचीकृत अन कल रुम विश्वकै पहिलो स्वस्थ्य सेवाको सञ्जाल भनिएको छ । नयां प्रविधिमार्फत समकक्षीहरुबाट सिक्न र आफ्नो दक्षता अरुमा बांड्न यो उपयोगी हुने संस्थापक डा. सन्दिप बन्सलले जनाए । उनले नयां प्रविधि प्रयोग गरेर स्वास्थ्य सेवालाई नयां रुपान्तरण गर्ने लक्ष्य आफूहरुको रहेको बताए । ‘जब स्वास्थ्य सेवाका पेशेवर प्रविधिमार्फत जोडिन्छन्, तब चिकित्सकमात्र नभइ विरामी पनि शिक्षित भई चिकित्सा क्षेत्रमा सुधार आउने हाम्रो अपेक्षा छ’, बन्सल भन्छन् ।
निशुल्क दर्ता गरेर सदस्य बन्न सकिने उक्त एपमा शेयर गरिएका चिकित्सक, नर्स र विरामीका सबै विवरण गोप्य एवं सुरक्षित रहने, जिज्ञासाको तत्काल जवाफ, हेल्थ टिप्स्, स्वास्थ्य सम्वन्धि जिज्ञासा र समाधान, स्वास्थ्य समाचार आदि समावेश हुने प्रवन्ध निर्देशक डा. अशोक बन्सलले जनाए । अशोकका भनाइमा यस्तो प्रयोगका लागि उद्यमी, स्वास्थ्य सेवामा संलग्न पेशेवर र प्राविधिक वीज्ञहरु रातैदिन स्ट्याण्ड बाइ छन् ।
वेल्स्मा नर्सिङ होम सञ्चालन गरिरहेका नेपाली व्यवसायी वी पी खनालले यस्तो एपबाट नेपालीले उल्लेख्य लाभ लिन सक्ने जनाए । ‘सुन्दा नौलो लागेपनि वीज्ञहरु सम्मिलित त्यो सञ्जालभित्र छिरिसकेपछि स्वास्थ्य क्षेत्रका अनेक अप्ठ्यारा समाधान र सुझाव सल्लाह प्राप्त गर्दा ज्यादै उपयोगी लाग्छ’, सदस्य बनिसकेका खनाल भन्छन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै