लन्डन । सूचना प्रविधिले विश्व सांघुरिएको सन्दर्भ त अब नौलो लाग्न छाडिसक्यो । दिनप्रतिदिन यसका नयां आविष्कारले मानिसलाई जत्ति चलायमान बनाएको छ, सेवा सुविधा पनि बसी बसी त्यत्तिनै थपिन थालेको छ । सन्दर्भ हो, अन कल रुम नामक एपको । बेलायतमा स्वास्थ्य क्षेत्रमा समर्पित चिकित्सकसहित पेशेवरहरुको एउटा समूहले ल्याएको उक्त एपमार्फत अब नेपालको अपरेशन थिएटरमा रहेको विरामीले लन्डनबाटै उपचार सुविधा पाउन सक्छ ।
अलिक अपत्यारिलो लाग्यो होला । त्यो के भने, नेपालको कुनै अस्पतालको अपरेशन थिएटरमा विरामी छटपटिइरहेको छ । जटिल केस सुल्झाउन नेपाली चिकित्सकहरुलाई पनि हम्मे हम्मे परेको छ भने त्यो आपतकालिन अवस्थामा बेलायतका विशेषज्ञहरुले रोग के हो ? उपचार विधि के ? औषधि के ख्वाउने ? आदिबारे निर्देश गर्न सक्छन् सोही एप मार्फत । यसबाट चिकित्सकसंगै नर्स र सहायकहरु पनि लाभान्वित हुन सक्नेछन् ।
उत्कृष्ट एक सय ‘ग्लोवल डिजिटल हेल्थ लिष्ट’ मा सूचीकृत अन कल रुम विश्वकै पहिलो स्वस्थ्य सेवाको सञ्जाल भनिएको छ । नयां प्रविधिमार्फत समकक्षीहरुबाट सिक्न र आफ्नो दक्षता अरुमा बांड्न यो उपयोगी हुने संस्थापक डा. सन्दिप बन्सलले जनाए । उनले नयां प्रविधि प्रयोग गरेर स्वास्थ्य सेवालाई नयां रुपान्तरण गर्ने लक्ष्य आफूहरुको रहेको बताए । ‘जब स्वास्थ्य सेवाका पेशेवर प्रविधिमार्फत जोडिन्छन्, तब चिकित्सकमात्र नभइ विरामी पनि शिक्षित भई चिकित्सा क्षेत्रमा सुधार आउने हाम्रो अपेक्षा छ’, बन्सल भन्छन् ।
निशुल्क दर्ता गरेर सदस्य बन्न सकिने उक्त एपमा शेयर गरिएका चिकित्सक, नर्स र विरामीका सबै विवरण गोप्य एवं सुरक्षित रहने, जिज्ञासाको तत्काल जवाफ, हेल्थ टिप्स्, स्वास्थ्य सम्वन्धि जिज्ञासा र समाधान, स्वास्थ्य समाचार आदि समावेश हुने प्रवन्ध निर्देशक डा. अशोक बन्सलले जनाए । अशोकका भनाइमा यस्तो प्रयोगका लागि उद्यमी, स्वास्थ्य सेवामा संलग्न पेशेवर र प्राविधिक वीज्ञहरु रातैदिन स्ट्याण्ड बाइ छन् ।
वेल्स्मा नर्सिङ होम सञ्चालन गरिरहेका नेपाली व्यवसायी वी पी खनालले यस्तो एपबाट नेपालीले उल्लेख्य लाभ लिन सक्ने जनाए । ‘सुन्दा नौलो लागेपनि वीज्ञहरु सम्मिलित त्यो सञ्जालभित्र छिरिसकेपछि स्वास्थ्य क्षेत्रका अनेक अप्ठ्यारा समाधान र सुझाव सल्लाह प्राप्त गर्दा ज्यादै उपयोगी लाग्छ’, सदस्य बनिसकेका खनाल भन्छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो