लण्डन । संखुवासभा समाज बेलायतकाे विस्तारित बैठक सम्पन्न भएकाे छ ।
अासफाेर्डस्थित द विलियम हार्भे इनमा शनिबार भएकाे बैठकमा भाग लिन बेलायतका विभिन्न स्थानबाट संखुवासभाबासीहरू अाएका थिए ।
समाजका अध्यक्ष गणेश रानाकाे अध्यक्षतामा भएकाे बैठककाे संचालन सेमन्त राईले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष नैनसिंह गुरूङले गरेका थिए ।
समाजका टिका लाेहरूङले बैठकका एजेन्डाहरू पेश गरेका थिए ।
गत वैशाखामा अाएकाे विनाशकारी भुकम्पले संखुवासभाकाे मकालु गाविस वडा नम्बर ६ मा रहेकाे हिमाद्री माध्यमिक विद्धयालय क्षतिग्रस्त भएकाेमा साे भवन निर्माणका लागि समाजकाे पहलमा संकलित रकम समाजका सचिव टेक राईले खाँदबारीमा अायाेजित कार्यक्रममा वितरण गरिएकाे जानकारी सचिव टेक राईले गराए ।
बैठकमा समाजका काेषाध्यक्ष भिमबहादुर अालेले काेषकाे विवरण पेश गर्नु भएकाे थियाे। बैठककाे ब्यबस्थापन सल्लाहकार उत्तरबहादुर मगरले गर्नु भएकाे थियाे। बैठकमा उपस्थित सबै महानुभावहरूकाे स्वागत सत्कारकाे ब्यबस्थापन संखुवासभा महिला विभागकाे तर्फबाट हेमा गुरूङ राना, बसुन्धरा याक्खा राई, सीता राई, हेमकला मगर, रूपा लिम्बुले गर्नु भएकाे थियाे।
बैठकमा प्रमुख सल्लाहकार विजय लिङथेप भूपू अध्यक्ष तथा सल्लाहकार पदमबहादुर लिम्बु, उतर सुन्दास, कुलदिप राई, भिमबहादुर गुरूङ, नर बहादुर बलाम्पाकी साथै बयाेबृदहरू कर्ण बहादुर बर्देवा र जित बहादुर लिम्वुले अा-अाफ्नाे विचार राख्नु भएकाे थियाे। समाजलाई अभिभावककाे जिम्मेवारी बहन गर्न समाजकाे संस्थापक अध्यक्ष धर्मबहादुर गुरूङलाई समाजका अध्यक्ष गणेश रानाले दाेसल्ला अाेडाई सम्मान गर्नु भएकाे थियाे भने बयाेबृद्ध जित बहादुर लिम्वुले सपथग्रहण गराउनु भएकाे थियाे।
बैठकले समाजकाे अाबश्यकता अनुसार विभिन्न विभागहरू गठन गरेकाे छ। जसमा साँस्कृतिक विभागमा कमल गुरूङ र मदन जिमी, भुपु सैनिक ( अन सर्विस) बिभागमा नरबहादुर गुरूङ र फुल कुमार गुरूङ, सम्पत्ति संरक्षणमा तुलविर लिम्वु र पदम राई, संखुवासभाली डाटा संकलनमा टेक राई र तुलाराम गुरूङ, कार्यक्रम ब्यबस्थापनमा काजी राई र अमर राई, खडग गुरूङ छन् । बैठकमा छलफल गरिएका प्रस्तावहरूमा समाजकाे साझा घर बेलायतमा किन्ने, अब अाउने २० तारिख शनिबार अगष्ट २०१६ मा समाजकाे (गेट टुगेदर) पार्टी भब्यरूपमा मनाउने, जिल्लामा भएकाे हस्पिटलमा स्टेचर दिने, जिल्लाकाे तिनवटा नगरपालिका खाँदबारी, चैनपुर, मादीलाई एम्वुलेन्स खरिद अथवा अन्य प्रभावकारी हुनेखालकाे बिद्यालयमा पुस्तकालय दिने, संखुवासभा जिल्लाकाे वृत्तचित्र छायान्कन गरी बनाउने, अाउने गेटटुगेर पार्टीमा संखुवासभा जिल्लाबाट युकेमा अाउनु भएका बयाेबृद अामा बुबाहरूलाई अभिनन्दन गर्ने, संखुवासभा जिल्ला बाहिर बिहे दान भएका चेलीबेटी ज्वाइँ चेलालाई पार्टीमा सम्मान गर्ने लगायतका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो