आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: ०३:१९ | UK Time: 22:34

आईएसले युरोपमा ठूलो हमला गर्नसक्ने

वीनेपाली
२०७२ माघ ११ गते २०:४०

आर्मस्टडम (नेदरल्यान्ड), ११ माघ । इस्लामिक स्टेट (आईएस) समूहसँग प्रायः विश्वका सबै राष्ट्रमा आक्रमण गर्नसक्ने शक्ति भएको युरोपोलले सोमबार बताएको छ ।

अझै पनि आफ्ना हमलालाई युरोपविरुद्ध बढी लक्षित गरेको ईयू प्रहरीले जनाएको छ ।

युरोपोलका प्रहरी प्रमुख रब वाइन राइटका अनुसार आईएसले पछिल्लो समयमा नयाँ शैलीको युद्धकला विकसित गरेको र एकै पटक ठूलो आतङ्कवादी हमला गर्ने शक्ति निर्माण गरेको छ ।

सञ्चारमाध्यमसँगको कुराकानीमा आईएसको पछिल्लो योजना युरोप लक्षित आक्रमणका लागि रहँदै आएको उहाँले बताउनुभयो ।

सन् २०१५ र यस वर्षको सुरुदेखि नै आईएसले आफ्ना गतिविधिलाई युरोपमा थप सशक्त पार्दै आएको छ ।

पेरिसमा सन् २०१५ को नोभेम्बर १३ मा गरेको आक्रमणबाट १२९ जनाको मृत्यु हुनाका साथै यो सङ्ख्याको दोब्बरभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक