
टेष्ट अफ नेपाल कुटनीतिक निकायमा पुर्याइने
लन्डन । बेलायत नेपाल कूटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा नेपलिज क्याटरर्स एसोसिएसन यूकेले ‘टेष्ट अफ नेपाल’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा अंग्रेजी भाषामा उक्त पुस्तक प्रकाशन गर्न लागिएको एसोसिएसन अध्यक्ष विजय थापाले एक विज्ञप्तिमार्फत जनाएका हुन् ।
उक्त पुस्तक एउटा दस्तावेजका रुपमा रहने एसोसिएसनको विश्वास छ । पुस्तकमा बेलायतमा नेपाली रेष्टुरेन्टको इतिहास, चिकेन टिक्का मसला चिनाउने नेपाली सेफको कथा, नेपाली सेफहरुको व्यक्तित्व विवरण, बेलायतका विभिन्न शहरमा नेपालको चिनारी दिइरहेका रेष्टुरेन्टको जानकारी, रिसिपी आदि समेट्ने योजना एसोसिएसनको छ । पुस्तक कूटनीतिक निकाय र सम्वन्धित क्षेत्रमा वितरण गरिने भएको छ ।
पुस्तक प्रकाशनका लागि एसोसिएसन अध्यक्ष विजय थापाको संयोजकत्वमा सदस्यहरु सूर्य गुरुङ, कुल आचार्य, ओजेश सिंह र रोशन सापकोटा सदस्यहरु रहेको एक आर्थिक समिति समेत बनाइएको छ ।
एसोसिएसनले बेलायतस्थित सदस्य रेष्टुरेन्टहरु र नेपाली समुदायलाई लेख, जानकारी, विज्ञापन वा अन्य दुर्लभ तस्विरहरु उपलव्ध गराएर सहयोग गरिदिन अपिल गरेको छ । रेष्टुरेन्ट सञ्चालकहरुलाई यो लिंक http://tasteofnepal.co.uk/submit-listing/
मा गएर आफ्नो रेष्टुरेन्टको विवरणहरु सकेसम्म छिटो अपडेट गरिदिन थापाले अनुरोध गरेका छन् ।
नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले पुस्तक प्रकाशनले नेपाल र नेपाली खानाबारे अन्तर्राष्टिय जगतमा जानकारी दिने विश्वास व्यक्त गरेका छन् । दूतावास यसका लागि सहकार्य गर्न पाउंदा खुशी लागेको समेत विज्ञप्तिमा छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- नेपालीद्वारा संचालित उलविच फार्मेसीले बुधबारबाट कोरोनाविरुद्धको खोप प्रदान गर्ने
- कोरोनाको संक्रमणलाई निर्मूल पार्न सकिदैन : जनस्वास्थ्यविद् डा. न्यौपाने
- बेलायतका लागि एक्काइसौं नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई