काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा नै नेपालको संविधानको पहिलो संशोधनप्रति असन्तुष्टि जनाउँदै तराई–मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाएका छन् ।
आफ्नो आसनबाट उठेर उनीहरुले विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरम नेपालका सांसद डा शिवजी यादवलाई बोल्ने समय दिइन् । उनले प्रमुख दलको सहमतिमा गरिएको नेपालको संविधानको पहिलो संशोधनले तराई–मधेस माग सम्बोधन गर्न नसक्ने बताए ।
उनले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडा वर्गलाई कुनै अधिकार नदिने गरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको धारणा राखे । संविधान संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने धारणा राख्दै सांसद यादवले प्रमुख तीन दल मुलुकले भोग्नुपरेको कष्टप्रति जिम्मेवार नभएको बताए ।
उनले सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टीलगायतले सदनको आजको कारबाही बहिस्कार गर्ने बताए । यस्तै सङ्घीय सद्भावना पार्टीकी सांसद् डिम्पलकुमारी झाले ठूला दलले बहुमतको बलमा अल्पसङ्ख्यकलाई पेलेको आरोप लगाउँदै बैठक बहिस्कार गर्ने धारणा राखिन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?