लण्डन । युकेलाई कार्यथलाे बनाउँदै अाएका सर्जकहरू कल्पना अाङबुहाङ र जानु काम्बाङ लिङदेनका कृतिहरू यहाँ लाेकार्पण गरिएकाे छ ।
निरमाया रोधीघर अल्डरसटमा शुक्रबार अायाेजित कार्यक्रममा अाङबुहाङकाे गीति एल्बम ‘अामा २’ र लिङदेनकाे गीति एल्बम ‘अनुभव’ र कविता संग्रह ‘शिविरमा ईश्वर’ काे विमाेचन गरियाे ।
याक्थुङ् माङगेन्ना चुम्लुङ्ग यूकेले अायाेजना गरेकाे साे कार्यक्रममा साङगितिक,साहित्यिक. गीतकार तथा कवि र अन्य बिभिन्न संघ सस्थाबाट अतिथिहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।
अायाेजक संस्थाकी अध्यक्ष कमला लिम्बुकाे अध्यक्षता, किरात याक्थुङ चुम्लुङका अध्यक्ष काजिमान याक्सोको प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा विशेष अतिथिहरु “मुसु मुसु हासी देउन लै लै” का स्रस्टा नोर्देन तेन्जिङ र डाक्टर रुपक श्रेष्ठ र नेपालबाट पाल्नुभएका चर्चित नृत्य निर्देसक गोबिन्द राई थिए ।
संस्थाकी महासचिव श्रीमती सुस्मिता कन्दंगवा (याक्सो) ले संचालन गरेकाे कार्यक्रममा नर्देन भुटिया र डाक्टर रुपक श्रेष्ठले विमाेचित एल्बम आमा भाग २ र कविता संग्रह शिविरमा ईस्वरको समीक्षा गर्नु भएको थियो । विमाेचित अर्काे एल्बम अनुभवको समीक्षा कवि तथा गीतकार मुकेश राईले गर्नु भएको थियो l
गायक श्री गुरुङ, दौलत राई र डम्बर साँवाले आमा भाग २ र अनुभव एल्बमबाट एक/एक गीत गाएर मनोरन्जन दिलाएका थिए। दुवै स्रस्टाहरुले मन्तब्यमा संस्थाले कार्यक्रमकाे आयोजना गरेकाे र सबैको माया र हौसलाप्रति उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेका थिए।
प्रमुख अतिथि काजिमान याक्सो ले “सिबिरमा ईश्वर” को एउटा र आफूले लेखेको एउटा कविता वाचन गर्दै आफ्नो मन्तब्य अन्त्य गरेका थिए।
सस्थाकी अध्यक्ष कमला लिम्बुले दुई स्रस्टाहरुलाई बधाई दिंदै संस्थाका सबै कार्यसमिति, सल्लाहकार, शुभचिन्तक, कार्यक्रम सहयोगी लगायत सम्पूर्ण उपस्थितलाई धन्यबाद दिंदै कार्यक्रम समापन गरेकी थिइन्।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर