माेना युकेमा कमल पुर्जा निर्विराेध अध्यक्ष

kamal purja

लण्डन । म्याग्दी प्रबासी नेपाली सँघ (माेना) बेलायतको अध्यक्ष पदमा कमलबहादुर पुर्जा निर्विराेध चुनिएका छन् ।

यही ३० जनवरीमा अल्डरसटमा हुने पाँचौं अधिबेशनका लागि हिजाेसम्म उम्मेदवारी दर्ता गर्ने समयसीमा ताेकिएकाेमा अध्यक्ष पदमा उनकाे मात्र उम्मेदवारी परेकाे निर्वाचन समितिका सचिव याेगकुमार फगामीले जानकारी दिए ।

मद्दत समूहमा रहेर समाजसेवामा सक्रिय पुर्जा पूर्व गाेरखा सैनिक हुन् ।

माेना युकेका पूर्व अध्यक्ष समेत रहेका फगामीका अनुसार दुइ उपाध्यक्षका लागि दलबहादुर जुग्जाली, खिम शेरचन र किसन जिसीकाे उम्मेदवारी परेकाे छ भने महिला उपाध्यक्षमा लीला पुन निर्विराेध भएकी छिन् ।

यस्तै सचिव पदमा कुमार फगामी र प्रवेश केसीकाे उम्मेदवारी परेकाे छ भने सहसचिवमा लालबहादुर पुन, काेषाध्यक्षमा हाेम राेका र सहकाेषाध्यक्षमा पदम बहादुर गर्बुजा निर्विराेध भएका छन् ।

कार्यसमितिकाे ९ जना सदस्यका लागि ११ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा बिल बहादुर पुर्जा – खिबाङ, सुश्री नुनु थापा – पात्लेखेत, साम बहादुर गुरुङ – दरबाङ, बागबिर चोचाङी पुन – चिउरिबोट, वीर बहादुर छन्त्यल – मल्कबाङ, चित्र बुरा – देबिस्थान, श्रीमती धन रोका – पात्लेखेत, भक्त रोका – बरङ्जा, राजेन्द्र पाइजा – शिख, तुल चन्द्र तिलिजा – पाउदार र रमेश शाही – राखु रहेका छन् ।

नयाँ कार्यसमितिकाे पदावधि तीन वर्षकाे रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री