
अफगानिस्तान जाने अभ्यासकाे क्रममा गाेरखा सैनिककाे गाडी दुर्घटना
लण्डन । अफगानिस्तानमा खटिने तयारीमा रहेकाे दोस्रो गोर्खा बटालियनकाे गाडी अभ्यासका क्रममा दुर्घटनामा परेकाे छ ।
यसैवर्ष अफगानिस्तान जान लागेकाे साे बटालियनकाे ल्याण्डराेभर लडाइँकाे अभ्यासका क्रममा विहीबार साँझ क्यान्टेबरी नजिकै दुर्घटनामा परेकाे स्राेतले बतायाे ।
यम वाई २७ अल्फ़ा अल्फ़ा नंम्बरको सैनिक लेन्डरोभर चालक रबि राईले नियन्त्रण गर्न नसकेपछि दुघर्टनामा परेकाे क्यान्टेबरी प्रहरीले जनाएको छ ।
दुघर्टनामा परेका गाडी प्रशिक्षक दिपेन्द्र कन्दङ्वा र चालक राईलाई भने कुनै चोटपटक नलागेकाे अर्का प्रशिक्षक पूर्ण सेरचनले बताए ।
दोस्रो गोर्खा बटालियन यातायात प्रमुखका अनुसार बेलुका ५:२० बजे भएको दुर्घटनापछि तुरन्त मेसिनविद चन्द्र गुरुङलाई खटाइएकाे थियाे । उक्त लेन्डरोभरको अवस्था टुटफुट नभए पनि नाजुक रहेको मेसिनविद गुरुङले बताए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
फेसबुक