लन्डनमा महतलाई कालो झण्डा देखाउन चाहन्थ्यो एमाले…

12493535_1548668598787188_3033643607560223635_o

लन्डन । बेलायती अखवार फाइनान्सियल टाइम्स् को सहप्रकाशन दि बैंकरले 
प्रदान गरेको उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापेर पूर्व अर्थमन्त्री डा. रामशरण महत बिहीबार अमेरिका उडे । यूके रहंदा महतलाई हिथ्रो विमानस्थलमा स्वागत गर्न, दूतावाससम्म लैजान, अवार्ड थाप्न, ख्वाउन पिलाउन धेरै नै पछाडि लागे । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, बेलायतले आफ्ना नेता महतको सम्मानमा कार्यक्रम 
राखेको भोलिपल्ट दूतावासमा एकै प्रकृतिको कार्यक्रम राखियो । दूतावास र एनआरएनए यूकेको ब्यानरमा आयोजित थियो बुधबार सांझको कार्यक्रम ।

तर, एनआरएन यूकेकै अधिकांश पदाधिकारी र बेलायतस्थित एमाले नेता कार्यकर्ता दूतावास पुगेनन् । प्रवासी नेपाली मञ्च, यूकेले दूतावास कार्यक्रम वहिष्कार गर्यो । मञ्चका अध्यक्ष रामशरण सिम्खडा भन्छन्, ‘देश टाट पल्टाउने र भ्रष्टाचारी एउटा पूर्व मन्त्रीलाई जसरी सम्मान गरियो, हामीले त्यसलाई स्वीकार्न सकेनौं र वहिष्कार गरिएको हो । कालो झण्डा देखाउने कार्यक्रम पनि थियो तर एउटा सभ्य नागरिकले त्यसो गर्न उचित ठानिएन ।’

सिम्खडाका भनाइमा महत एकजना सभासद र पूर्व अर्थमन्त्रीमात्र हुन् । 
‘महतलाई नेपाल सरकारको भवन र सुविधा जसरी प्रदान गरियो, मलाई शंका छ महत जस्तै अरु कोही सभासद भविष्यमा यूके आए त्यस्तो सम्मान पाउंछन् 
?’, सिम्खडाले भने, ‘महतको सम्मानमा एनआरएनए युरोप संयोजक र कार्यवहाक राजदूत नै संलग्न हुनु दुर्भाग्य हो ।’

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने महतलाई परराष्ट्रकै 
निर्देशनमा सम्मान गरिएको जनाए । ‘महतबाट केही कुरा सुन्न र सिक्न भनेर कार्यक्रम गरिएकोमा अन्यथा मान्न आवश्यक छैन् । हामी निर्देशन आए अरु जुनसुकै पार्टीका नेता, मन्त्री आउंदा पनि स्वागत गर्छौं’, क्षेत्रीले प्रष्ट्याए ।

अवार्ड महतको आसन्न कांग्रेस महाधिवेशनमा चुनाव जित्ने एउटा 
प्रोपोगाण्डामात्र भएको दावी सिम्खडाको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री