लन्डन । नेपाल भाषामा बनेको चलचित्र तुयुमती (सफा विचार) लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा देखाइने भएको छ । यही ३१ जनवरी दिउसो डेढ बजे फिल्मको प्रिमियर शो गर्न लागिएको अभिनेता एवं निर्देशक मनिष श्रेष्ठले जनाएका छन् ।
नेपाली परिवेशको सामाजिक कथामा आधारित उक्त फिल्मको सब टाइटल अंग्रेजी र नेपाली भाषामा पनि छ । ‘फिल्म चेतना मुलक, राष्ट्रभक्ति र हांस्य संवादले भरिएको छ’, कथाकार समेत रहेका मनिषले भने, ‘नेवार जातीहरु विदेश पलायनसंगै लोपोन्मुख नेपाल भाषाको संरक्षण र विदेशमा नेपाली चलचित्र प्रबर्धन गर्ने हाम्रो उद्देश्य हो ।’ भाषा सिंगो नेपालको सम्पति भएकाले यसलाई जोगाउन आवश्यक रहेको श्रेष्ठले बताए ।
उक्त फिल्म आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा समेत प्रदर्शन गर्ने तयारी छ ।
फिल्मकी निर्मात्री अनु श्रेष्ठ हुन् भने सहनिर्मातामा देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठ छन् । बेलायतमा ३० र नेपालमा ७० प्रतिशत छायांकन गरिएको तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकमी एवं छायांकन राजु कार्कीले गरेका छन् ।
फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकारी, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल, ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ । यसमा फिल्म निर्माण सम्वन्धि अध्यापन गर्ने केही बेलायती प्राध्यापकले समेत खेलेका छन् ।
विगत १६ वर्षदेखि बेलायतमा नेपाली र नेपाल भाषाका चलचित्रको प्रबर्धन गर्दै आएका मनिष श्रेष्ठले झण्डै २० वटा फिल्ममा अभिनय गरेका छन् । बेलायत आउनुअघि उनको निर्देशन र मह जोडीले अभिनय गरेको फिल्म चण्डालिका हिट थियो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोवल सचिव एवं इनास यूकेका संरक्षक श्रेष्ठ फिल्म लेखन र निर्देशनमा बराबर पोख्त छन् । टिभी र स्टेज कार्यक्रम सञ्चालन गर्न समेत उनको दक्षता छ ।
ट्रेलर
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त