लन्डन सफारीमा तुयुमती (हेर्नुहोस् ट्रेलर पनि)

12522962_879047372192605_503177832544131473_n

लन्डन । नेपाल भाषामा बनेको चलचित्र तुयुमती (सफा विचार) लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा देखाइने भएको छ । यही ३१ जनवरी दिउसो डेढ बजे फिल्मको प्रिमियर शो गर्न लागिएको अभिनेता एवं निर्देशक मनिष श्रेष्ठले जनाएका छन् ।

नेपाली परिवेशको सामाजिक कथामा आधारित उक्त फिल्मको सब टाइटल 
अंग्रेजी र नेपाली भाषामा पनि छ । ‘फिल्म चेतना मुलक, राष्ट्रभक्ति र 
हांस्य संवादले भरिएको छ’, कथाकार समेत रहेका मनिषले भने, ‘नेवार जातीहरु विदेश पलायनसंगै लोपोन्मुख नेपाल भाषाको संरक्षण र विदेशमा नेपाली चलचित्र प्रबर्धन गर्ने हाम्रो उद्देश्य हो ।’ भाषा सिंगो नेपालको सम्पति भएकाले यसलाई जोगाउन आवश्यक रहेको श्रेष्ठले बताए ।

उक्त फिल्म आगामी २८ फेब्रुअरीका दिन एसियन कम्युनिटी हल, प्लमस्टिडमा समेत प्रदर्शन गर्ने तयारी छ ।

फिल्मकी निर्मात्री अनु श्रेष्ठ हुन् भने सहनिर्मातामा देवेन्द्र श्रेष्ठ र दीपक श्रेष्ठ छन् । बेलायतमा ३० र नेपालमा ७० प्रतिशत छायांकन गरिएको तुयुमतिको बेलायत भाग निर्देशन मनिष श्रेष्ठ, छायांकन कुशल श्रेष्ठ र नेपाल भागको निर्देशन आरएम नकमी एवं छायांकन राजु कार्कीले गरेका छन् ।

फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकारी, मदनकृष्ण श्रेष्ठ, राजेन्द्र खड्गी, हिसिला महर्जन, धिरेन शाक्य, सविन शाक्य, राजाराम पौडेल, ह्दयप्रसाद मिश्र, सुनिता सिंह, सुशील प्रजापति, विनोद चिपालु, दीपा शाक्य लगायत यूके र नेपालका कलाकारको अभिनय छ । यसमा फिल्म निर्माण सम्वन्धि अध्यापन गर्ने केही बेलायती प्राध्यापकले समेत खेलेका छन् ।
विगत १६ वर्षदेखि बेलायतमा नेपाली र नेपाल भाषाका चलचित्रको प्रबर्धन गर्दै आएका मनिष श्रेष्ठले झण्डै २० वटा फिल्ममा अभिनय गरेका छन् । बेलायत आउनुअघि उनको निर्देशन र मह जोडीले अभिनय गरेको फिल्म चण्डालिका हिट थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोवल सचिव एवं इनास यूकेका संरक्षक श्रेष्ठ फिल्म लेखन र निर्देशनमा बराबर पोख्त छन् । टिभी र स्टेज कार्यक्रम सञ्चालन गर्न समेत उनको दक्षता छ ।

ट्रेलर

प्रतिक्रिया

सम्बन्धित सामाग्री