
काठमाडौँं, ६ माघ । जापानले नेपालको सूचना प्रबिधि तथा सञ्चार क्षेत्रमा सघाउने इच्छा व्यक्त गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग उहाँकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको आवश्यकताअनुसार सूचना प्रविधिको क्षेत्रमा सघाउन जापान तत्पर रहेको बताउनुभयो ।
भेटमा राजदूत ओगावाले जापानको सहयोग निरन्तर रहने र सञ्चार प्रविधिको विकासमा थप सहयोग गर्न जापान इच्छुक रहेको बताउनुभयो । राजदूत ओगावाले नेपालमा जारी अघोषित नाकाबन्दी र इन्धन सङ्कटका कारण जापानले भूकम्प प्रभावित जनतालाई दिँदैआएको मानवीय र भौतिक सहायता कार्य प्रभावित भएको समेत उल्लेख गर्नुभयो ।
राजदूत ओगावाले चाँडै नै नेपालमा सबै पक्ष सहमत भएर अहिलेको असहज अवस्था अन्त्य हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
मन्त्री राईले भूकम्पपछिको राहत, उद्धार र पुनःनिर्माणमा जापानले गरेको सहयोगको प्रशंसा गर्दै सञ्चार क्षेत्रमा जापानको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री राईले मध्यपहाडी राजमार्गलाई अप्टिकल हाइवे बनाउने आफ्नो योजना सुनाउँदै भविष्यमा जापानसँग सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभयो ।
बनेपा–बर्दिबास जोड्ने बिपी राजमार्ग निर्माण र अप्टिकल फाइबर बिछ्याउने काममा जापानको सहयोगको स्मरण गर्दै मन्त्री राईले भन्नुभयो, “जापानसँग दीर्घकालीन रुपमा सञ्चार प्रविधि सुदृढीकरण गर्ने काममा सहकार्य गर्न हामी तत्पर छौँ ।” आजै मन्त्री राईसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जीनले पनि शिष्टाचार भेट गर्नुभएको थियो ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]