
काठमाडौँं, ६ माघ । जापानले नेपालको सूचना प्रबिधि तथा सञ्चार क्षेत्रमा सघाउने इच्छा व्यक्त गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग उहाँकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको आवश्यकताअनुसार सूचना प्रविधिको क्षेत्रमा सघाउन जापान तत्पर रहेको बताउनुभयो ।
भेटमा राजदूत ओगावाले जापानको सहयोग निरन्तर रहने र सञ्चार प्रविधिको विकासमा थप सहयोग गर्न जापान इच्छुक रहेको बताउनुभयो । राजदूत ओगावाले नेपालमा जारी अघोषित नाकाबन्दी र इन्धन सङ्कटका कारण जापानले भूकम्प प्रभावित जनतालाई दिँदैआएको मानवीय र भौतिक सहायता कार्य प्रभावित भएको समेत उल्लेख गर्नुभयो ।
राजदूत ओगावाले चाँडै नै नेपालमा सबै पक्ष सहमत भएर अहिलेको असहज अवस्था अन्त्य हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
मन्त्री राईले भूकम्पपछिको राहत, उद्धार र पुनःनिर्माणमा जापानले गरेको सहयोगको प्रशंसा गर्दै सञ्चार क्षेत्रमा जापानको सहयोग आवश्यक रहेको बताउनुभयो । मन्त्री राईले मध्यपहाडी राजमार्गलाई अप्टिकल हाइवे बनाउने आफ्नो योजना सुनाउँदै भविष्यमा जापानसँग सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताउनुभयो ।
बनेपा–बर्दिबास जोड्ने बिपी राजमार्ग निर्माण र अप्टिकल फाइबर बिछ्याउने काममा जापानको सहयोगको स्मरण गर्दै मन्त्री राईले भन्नुभयो, “जापानसँग दीर्घकालीन रुपमा सञ्चार प्रविधि सुदृढीकरण गर्ने काममा सहकार्य गर्न हामी तत्पर छौँ ।” आजै मन्त्री राईसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जीनले पनि शिष्टाचार भेट गर्नुभएको थियो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान