
काठमाडौँ, ६ माघ । स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी) मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो ।
अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत अर्स हेरेन र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गर्नुभयो । सीप विकास तालिम, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, औद्योगिक प्रतिष्ठानहरुको सम्बन्ध, व्यावसायिक शिक्षालगायत सीप विकासका कार्यक्रममा अनुदान रकम खर्च गरिनेछ ।
खाद्य सुरक्षा, सामाजिक समावेशीता, महिला नेतृत्वमा सञ्चालित कृषि फार्म, पिछडिएका वर्गलाई उच्च प्राथमिकता दिँदै रामेछाप, ओखलढुङ्गा, खोटाङ, अछाम, कालीकोट, जाजरकोट, दैलेख, सिन्धुली र उदयपुरमा ती परियोजना सञ्चालन हुनेछन् । त्यस अवसरमा नेपालको सामाजिक–आर्थिक विकासमा लामो समयदेखि स्विस सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति सचिव रेग्मीले आभार प्रकट गर्नुभयो ।
राजदूत हेरेनले पिछडिएका वर्गको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने आयआर्जनका कार्यक्रमलाई आफ्नो सरकारले उच्च प्राथमिकता दिएको र नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग