
काठमाडौँ, ६ माघ । स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब रु तीन अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी) मार्फत स्विस सरकारले अनुदान सहायता उपलब्ध गराएको हो ।
अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि स्विटजरल्यान्डका राजदूत अर्स हेरेन र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख, अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गर्नुभयो । सीप विकास तालिम, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, औद्योगिक प्रतिष्ठानहरुको सम्बन्ध, व्यावसायिक शिक्षालगायत सीप विकासका कार्यक्रममा अनुदान रकम खर्च गरिनेछ ।
खाद्य सुरक्षा, सामाजिक समावेशीता, महिला नेतृत्वमा सञ्चालित कृषि फार्म, पिछडिएका वर्गलाई उच्च प्राथमिकता दिँदै रामेछाप, ओखलढुङ्गा, खोटाङ, अछाम, कालीकोट, जाजरकोट, दैलेख, सिन्धुली र उदयपुरमा ती परियोजना सञ्चालन हुनेछन् । त्यस अवसरमा नेपालको सामाजिक–आर्थिक विकासमा लामो समयदेखि स्विस सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति सचिव रेग्मीले आभार प्रकट गर्नुभयो ।
राजदूत हेरेनले पिछडिएका वर्गको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने आयआर्जनका कार्यक्रमलाई आफ्नो सरकारले उच्च प्राथमिकता दिएको र नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने